कमल र राजलक्ष्मी भारोत्तोलनका लागि कतारतर्फ


Published: December 13, 2016 | प्रकाशित: मङ्लबार, मंसिर २८, २०७३

काठमाडौं (हाम्रो खेलकुद)– कतारमा हुने दुई अन्तर्राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा भाग लिन भारोत्तोलक दम्पति कमलबहादुर अधिकारी र राजलक्ष्मी थापा मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

wightlifting

दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता कमलले एसिया कपको पुरुष ८५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । नेपाली भारोत्तोलनमा स्वर्ण जित्ने एक्लो कमलले ८५ केजीमा प्रतिस्पर्धा गर्न लागेको पहिलो पटक हो । १० औं सागमा उनले ६९ केजीमा स्वर्ण पदक जितेका थिए ।

राजलक्ष्मीले कतार कपमा महिला ६३ केजीमा भाग लिनेछन् । एसिया कप र कतार कप दुवै बिहीबार सुरु भइ डिसेम्बर १७ तारिखमा टुंगिनेछ । नेपाल भारोत्तोलन संघका अध्यक्ष रतनकुमार टण्डनले उनीहरुको बिदाइ गरे ।

भारोत्तोलन संघका महासचिव पार्थ सारथी सेन गुप्त पनि प्रतियोगिता सञ्चालन गर्न मंगलबारै दोहा प्रस्थान गरेका छन् । गुप्त एसियाली प्राविधिक कमिटीका सचिव हुन् ।

प्रतिकृया दिनुहोस

प्रतिकृया

Loading...