default_image

एजेन्सी – इंग्लिस प्रिमियर लिगको च्याम्पियन टोली लिभरपुल शनिबार घरेलु मैदान एनफिल्डमा भएको खेलमा बर्नलीसँग १-१ को बराबरीमा रोकिएको छ ।

सिजनभर घरेलु मैदानमा शत प्रतिशत जित दर्ता गरेको लिभरपुलले पहिलो पटक अंक गुमाएको हो खेलको ३४ औं मिनेटमा एन्डी रोबर्टसनले लिभरपुललाई अग्रता दिलाएका थिए फाबिन्होको लामो पासलाई रोबर्टसनले हेडरमार्फत गोलमा परिणत गरेका थिए

दोस्रो हाफमा लिभरपुलले सिर्जना गरेको आक्रामक प्रयासमा गोलरक्षक निक पोप बाधक बनिरहे पहिलो हाफमा केहि उत्कृष्ट बचाउ गरेका पोपले दोस्रो हाफमा पनि उत्कृष्ट लय कायम राखे खेलको ६९ औं मिनेटमा पाहुना टोलीले जे रोड्रीग्वेजको गोलसँगै खेल बराबरीमा ल्याएको थियो । जेम्स टार्कवस्कीको हेडरबाट आएको बललाई रोड्रीग्वेजले पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट गोल गरेका थिए ।

खेलको अन्तिम समयतिर दुवै टोलीले जित हासिल गर्ने सुवर्ण अवसर सदुपयोग गर्न सकेनन् । योहान गुडमुन्डसनको प्रहार क्रसबारमा लागेर बाहिरिंदा अर्कोतर्फ मोहमद सलाहले अनमार्क रहेको अवस्थामा गरेको प्रहारलाई पोपले बचाए ।

यस बराबरीसँगै लिभरपुलले चेल्सीले कायम गरेको एकै सिजनमा सर्वाधिक घरेलु जितको कीर्तिमान तोड्न नसक्ने भएको छ अब अन्तिम खेलमा चेल्सीलाई पराजित गरे मात्र लिभरपुलले १८ जितको कीर्तिमान बराबरी गर्न सक्नेछ

लिभरपुलले प्रिमियर लिगमा सर्वाधिक अंकको कीर्तिमान तोड्न भने अझै कसरत गर्नुपर्ने भएको छ म्यानचेस्टर सिटीले सन् २०१७-१८ मा १ सय अंक जोडेको थियो लिभरपुलको हाल ३५ खेलमा ९३ अंक छ अब बाँकी ३ खेलमा टोलीले ७ अंक जोड्नुपर्नेछ बर्नली भने ३५ खेलमा ५० अंकसाथ नवौं स्थानमा पुगेको छ

Success

Thank you for your time.