default_image

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत पाँचौ खेलमा ओमानले अमेरिकाविरुद्ध उत्कृष्ट प्रर्दशन गरेको छ ।

टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालि रहेको ओमानले ३३ ओभरमा २ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको छ । अकीब इलियास ८१ बलमा ८ चौका सहित ६० रनमा खेलि रहेका छन् । कप्तान जिशान मकसुद ६२ बलमा ४ चौका र २ छक्का सहित ५२ रनमा रनमा क्रिजमा छन् । तेस्रो विकेटका लागि अकीब र जिशानले १ सय १४ रनको अविजित शतकीय साझेदारी गर्दै ओमानलाई विशाल योगफल तर्फ लम्काएका छन् ।

नेपाललाई दोस्रो खेलमा आइतबार ८ विकेटले हराउन अकीब र जिशानले १ सय ६७ रनको अविजित उत्कृष्ट साझेदारी गरेका थिए । जुन आत्माविश्वासी साझेदारीलाई अकीब र जिशानले अमेरिकाविरुद्ध निरन्तरता दिएका छन् । अकीब नेपालसँग १ सय ९ र जिशान ६८ रनमा अविजित रहेका थिए ।

तीव्र गतिका बलर रस्टी थेरनको आठौं ओभरको तेस्रो बलमा ओपनर खावर अली एज लाग्दै विकेटकिपर अक्षय होमराजबाट १० रनमा क्याच आउट भए । अर्का ओपनर जतिन्दर सिंहलाई कप्तान सौरभ नेत्रवालकरले ९ रनमा आरोन जोन्सबाट क्याच गराए ।

Success

Thank you for your time.