default_image

काठमाडौं (हाम्रो खेलकुद) – भारत र बंगलादेश श्रीलंकामा जारी एसीसी यू१९ एसिया कप प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । अब उपाधिको लागि भारत र बंगलादेशबीच शनिबार प्रतिस्पर्धा हुनेछ ।

बिहीबार दुबै सेमिफाइनल खेल बर्षाको कारण रद्ध भएपछि भारत र बंगलादेश समुह विजताको हैसियतले फाइनलमा पुगेका हुन् । सेमिफाइनलमा भारत र श्रीलंका तथा बंगलादेश र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने कार्यतालिका थियो । तर वर्षाको कारण खेल सुरु हुन नसकेपछि श्रीलंका र अफगानिस्तान बाहिरिनु परेको हो । भारत समुह ए र बंगलादेश समुह बी को विजताको रुपमा सेमिफाइनल प्रवेश गरेका थिए ।

एसीसी यू१९ एसिया कपमा सहभागिता जनाएर नेपाली युवा टोली बुधबार स्वेदश फर्किसकेको छ । समुह बी मा रहेको नेपाल ३ खेल मध्य २ मा हार १ मा जित निकालेको थियो । नेपाल श्रीलंकासँग ५ विकेट र बंगलादेशसँग ६ विकेटले पराजित हुँदा यूएईलाई १ सय ६० रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

Success

Thank you for your time.