default_image

एसोसिएसन

October 9, 2023

एसियाडका पदक विजेताको सम्मानमा र्याली गरिने

काठमाडौं (हाम्रो खेलकुद) – १९ औं एसियाली खेलकुद (एसियाड) का पदक विजेता खेखलाडी, प्रशिक्षक र अफिसियलको सम्मानमा र्याली हुने भएको छ । चीनको हाङ्गचौंमा आइतबार सम्पन्न १९ र्औ एसियाडमा पदक जित्ने खेलाडी, प्रशिक्षक र अफिसियल मंगलबार स्वदेश आइपुग्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । नेपालले यसपटक एसियाडमा १ रजत र १ कास्य पदक […]

October 7, 2023

एसियाडको कानोइङमा गणेश आठौं

हाङ्गचौं (हाम्रो खेलकुद) – गणेश गुरुङ १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत कानोइङ स्लालोमअन्तर्गत पुरुष कायाकको आठौं भएका छन् । फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा शनिबार भएको फाइनल चरणमा गणेश आठौं भएका हुन्। उनले कोरिया र हङकङका खेलाडीलाई पछि पारेका थिए। यसअघि शनिबार नै गणेश शीर्ष दशमा रहँदै फाइनलमा प्रवेश गरेका हुन् । शुक्रबार हिट चरणमा शीर्ष १६ […]

October 7, 2023

एसियाड महिला भलिबल – मंगोलियामाथि नेपालको रोमाञ्चक जित

हाङ्गचौं (हाम्राे खेलकुद) – मंगोलियामाथि रोमाञ्चक जित निकाल्दै नेपाली राष्ट्रिय टोलीले १९औं एसियाली खेलकुद (एसियाड) को महिला भलिबलमा ११औं स्थान हासिल गरेको छ । शनिबार भएको क्लासिफिकेसन खेलमा मंगोलियामाथि ३–२ को सेटमा रोमाञ्चक जित निकाल्दै नेपालले ११औं स्थान हासिल गरेको हो । डिक्विङ स्पोर्ट्स सेन्टर जिम्नासियममा शनिबार भएको खेलमा नेपालले पहिलो सेट १७–२५ ले गुमायो […]

October 6, 2023

महिला भलिबल टोलीले ११ औं स्थानका लागि खेल्ने

हाङ्गचौं (हाम्रा खेलकुद)– नेपाली राष्ट्रिय टोलीले १९ औं एसियाली खेलकुद (एसियाड) को महिला भलिबलको ११ औं स्थानका लागि प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । नवौँ देखि १२ औं स्थानसम्मको लागि भएको क्लासिफिकेसन खेलमा शुक्रबार नेपाल हङकङसँग ३–० को सोझो सेटमा पराजित भएपछि ११ औं स्थानका लागि प्रतिस्पर्धा गर्नुपर्ने भएको हो । हाङ्गचौं नर्मल युनिभर्सिटी जिम्नयासियममा भएको […]

October 6, 2023

एसियाडमा करातेका विप्लव पदकबाट चुके

सुबास हुमागाईं, हाङ्गचौकरातेका विप्लवलाल श्रेष्ठले १९औं एसियाली खेलकुद (एसियाड ) मा कास्य पदकबाट चुकेका छन् । चीनमा जारी एसियाडमा विप्लव ८४ केजी माथिको तौल समूहको तेस्रो स्थानको प्रतिस्पर्धामा साउदी अरेबियाका खेलाडीसँग पराजित भएका हुन् । पहिलो खेलमा ताजिकिस्तानका खेलाडीलाई‌ १२- ४ ले हराएका विप्लव अर्को खेलमा कीर्गिस्तानका खेलाडीसँग ५-१ ले पराजित भएका थिए । विप्लव […]

October 6, 2023

कबड्डीमा‌ नेपाल‌ कास्य पदकमा सिमित

हाङ्गचौं (हाम्रो खेलकुद)- चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड)अन्तर्गत महिला कबड्डीमा नेपाल कास्य पदकमै सीमित भएको छ।  हाङ्गचौं‌को जिआओसान गुआली स्पोर्ट्स सेन्टरको मा भएको सेमिफाइनलमा भारतसँग ६१-१७ ले पराजित भएपछि नेपाल कास्य पदकमै सीमित बनेको हो। समूह ‘बी’ मा इरानसँग पराजित हुनुअघिको खेलमा‌ बंगालदेशलाई हराउँदै नेपालले अघिल्लो चरणको सम्भावना बनाएको थियो। समूह उपविजेता बनेसँगै […]

October 5, 2023

५ नेपाली खेलकर्मीलाई ओसिएको सम्मान

हाङ्गचौं (हाम्रो खेलकुद) – ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले बिहीबार नेपालका पाँच खेलकर्मीलाई कदर पत्रसहित सम्मान गरेको छ । हाङ्गचौं एसियाली खेलकुद (एसियाड) को प्रवर्द्धन तथा प्रचार प्रसारमा महत्त्वपूर्ण भुमिका खेलेकोले यो सम्मान गरेको हो । एसियाडको तयारीमा सहयोग गरेको र ओलम्पिक भावनालाई जनमानसमा पुर्याउन उल्लेखनीय काम गरेको भन्दै ओसिएले सम्मान गरेको जनाएको छ […]

October 5, 2023

गणेश क्यानोइङको सेमिफाइनल चरणमा

हाङ्गचौं (हाम्रो खेलकुद) – चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) क्यानोइङमा नेपालका गणेश गुरुङ सेमिफाइनल चरणका लागि छनोट भएका छन् । दुई चरणको हिट्समा सहभागी गणेश शुक्रबार सेमिफाइनल चरणमा पुगेका हुन् । क्यानोइङमा १६ खेलाडी सेमिफाइलमा पुग्ने प्रावधान छन् । गणेश पहिलो हिट्समा १६ खेलाडी सहभागी भएकोमा १४ औं भए । पहिलो हिट्सबाट ८ […]

October 5, 2023

एसियाको भारोत्तोलनमा विशालको कीर्तिमान

हाङ्गचौं (हाम्रो खेलकुद )- चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) को भारोत्तोलनमा नेपाली विशालसिंह विष्टले बिहीबार दुर्लभ कीर्तिमान स्थापित गरेका छन् । चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले ३ राष्ट्रिय कीर्तिमानसहित कुनैपनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३ सय १ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान पनि स्थापित गरे । यसअघि […]

October 4, 2023

गोपीको व्यक्तिगत प्रदर्शनमा सुधार

हाङ्गचों (हाम्रो खेलकुद) – गोपीचन्द्र पार्कीले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत ५ हजार मिटर दौडमा व्यक्तिगत प्रदर्शनमा सुधार गरेका छन् । हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा बुधबार गोपीले निर्धारित दूरी १४ मिनेट २२.१५ सेकेन्डमा पूरा गरे । यसअघि उनको व्यक्तिगत उत्कृष्ट समय १४ मिनेट ५४.२० सेकेन्ड थियो । उनले सन् २०१९ मा […]

Success

Thank you for your time.