default_image

एसोसिएसन

March 27, 2023

सहारा हाफ म्याराथन हुने

हिमाल खरेल, बिर्तामोड झापाको चारपानेमा चैत २१ गते हुने सहारा हाफ म्याराथनमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र भेट्रान्स धावक बुद्धवीर लामा आउने भएका छन् । आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक एवम् झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रशान्त भण्डारीका अनुसार खेलाडीहरुको हौसला बढाउन ७१ वर्षीय मानन्धर र ६४ वर्षीय लामा आउने भएका […]

March 26, 2023

कराते महासंघ –अध्यक्षमा युवराज लामासहित सबै निर्विरोध

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव एवं करातेका संस्थापक मध्येका एक युवराज लामालाई नेपाल कराते महासंघको महाधिवेशनले अध्यक्षमा आइतबार निर्विरोध निर्वाचित गरेको छ । चितवनमा शनिबार भएको महाधिवेशनले लामाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्य समिति समेत निर्विरोध चयन गरेको राखेपले जनाएको छ । महासंघको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी तथा ६ […]

March 22, 2023

सडक दुर्घटनामा घाइते अन्जुको अवस्थामा सुधार

काठमाडौं (हाम्रो खेलकुद)– सडक दुर्घटनामा परि गम्भिर घाइते भएकी एसियन क्रस कन्ट्रीकी पदक विजेता अन्जु खड्काको अवस्थामा क्रमिक सुधार भइरहेको बताइएको छ । बौद्ध जोरपाटीमा बिहीबार अन्जु मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते भएकी थिइन् । सोही दिन सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । सोही राती उनको टाउकोको शल्यक्रिया भएको थियो । […]

March 17, 2023

एसियन क्रस कन्ट्रीकी पदक विजेता अन्जु दुर्घटनामा परि घाइते

काठमाडौं (हाम्रो खेलकुद)– एसियन क्रस कन्ट्रीकी पदक विजेता खेलाडी अन्जु खड्का सडक दुर्घटनामा परि गम्भिर घाइते भएकी छिन् । बौद्ध जोरपाटीमा बिहीबार साँझ ७ः०० बजे मोटरसाइकल दुर्घटनामा परि घाइते भएकी अन्जुको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको आइसियूमा उपचार भइरहेको बताइएको छ । बिहीबार नै उनको टाउकोको शल्यक्रिया गरिएको र चिकित्सकका अनुसार अवस्था गम्भिर रहेको एथलेटिक्स परिवारका […]

March 16, 2023

सदस्य–सचिव घिसिङ र पदाधिकारीबीच भेट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघका पदाधिकारीले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई बिहीबार भेट गरेका छन् । भेटका अवसरमा कर्मचारी संघका पदाधिकारीले सदस्य–सचिव घिसिङलाई कर्मचारीको बढुवा, कर्मचारीको व्यवस्थापन, कर्मचारीको सेवा सुविधालगायतका विषयमा जानकारी गराएका थिए । सो अवसरमा सदस्य–सचिव घिसिङले कर्मचारी संघले राखेका विषयवस्तु कार्यन्वयन गर्न सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका […]

March 7, 2023

एसियन क्रस कन्ट्री – नेपालले २ स्वर्णसहित जित्यो ८ पदक

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले १६ औं एसियाली क्रस कन्ट्रीमा २ स्वर्ण, ४ रजत र २ कास्य पदक जित्दै ए‍ेतिहासिक प्रदर्शन गरेको छ । नेपाल एथ्लेटिक्स संघको आयोजनामा गोकर्ण गल्फ रिसोर्टमा भएको प्रतियोगितामा मंगलबार नेपालले पुरुष सिनियरको व्यक्तिगत र टिम दुवैमा स्वर्ण पदक जितेको छ । सिनियर पुरुषमा नेपालले कास्य पदक पनि जितेको छ । त्यस्तै […]

March 7, 2023

एसियन क्रस कन्ट्रीमा दीपकले जिते एतिहासिक स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका दीपक अधिकारीले १६ औं एसियन क्रस कन्ट्रीको सिनियर पुरुष १० किलोमिटर एतिहासिक स्वणर् पदक जितेका छन् । एसियाली स्तरको यो प्रतियोगितामा नेपालले सिनियरमा स्वर्ण पदक जितेको यो पहिलो पटक हो । १३ औं दक्षिण एसियाली खेलकुदका कास्य पदक विजेता तथा नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता दीपकले ३३ मिनेट ५२.०१ सेकेन्डमा […]

March 7, 2023

एसियन क्रस कन्ट्री -राजपुरालाई रजत

काठमाडौं (हाम्रो खेलकुद)- १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा नेपालले सिनियर महिलामा पनि २ रजत पदक जितेको छ । यसअघि नेपालले जुनियर महिलामा २ रजत र जुनियर पुरुषमा १ कास्य पदक जितेको थियो । सिनियर महिला १० किमी दौडमा नेपालका लागि राजपुरा पछाईले रजत पदक जितेकी छिन् । त्यसको टिम इभेन्टमा पनि नेपालले रजत पदक […]

March 7, 2023

एसियन क्रस कन्ट्री – नेपालले जुनियर पुरुष टिममा कास्य जित्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले एसियन क्रस कन्ट्री च्याम्पियनसिपको जुनियर पुरुष (यू २०) ८ किलोमिटर दौडमा कास्य पदक जितेको छ । भारतले स्वर्ण र इरानले रजत पदक जितेको त्यो इभेन्ट्मा नेपालले कास्य पदक जितेको हो । शेरबहादुर अधिकारी, सञ्जय दमाई र विकेश घिमिरेले १ घन्टा ३१ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान प्राप्त गरेको […]

March 7, 2023

एसियन क्रस कन्ट्री – महिला जुनियरमा नेपाललाई २ रजत

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा जुनियर महिला ६ किलोमिटर दौडमा दुई रजत पदक जितेको छ । गोकणर् गल्फ रिसोर्टमा मंगलबार भएको प्रतिस्पर्धामा नेपालकी राम माया बुढाले फोटो फिनिसमा पछि पर्दै रजत पदक प्राप्त गरिन् । राममाया र भारतकी श्रुती श्रीधर रेडाकर दुवैले २४ मिनेट १५ सेकेन्डमा दूरी तय गरेपछि फोटो फिनिसमा […]

Success

Thank you for your time.