default_image

क्रिकेट

September 22, 2023

विश्वकप खेल्ने पाकिस्तानको टोली घोषाणा

एजेन्सी – पाकिस्तानले बाबर आजमको कप्तानीमा तीन सातापछि भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने १५ सदस्य टोली घोषणा गरेको छ । एसिया कपबाट पाकिस्तानले टोलीमा दुई परिवर्तन गरेको छ । पाकिस्तानले घाइते नसिम शाहको स्थानमा अर्का तीव्र गतिका बलर हसन अलीलाई मौका दिएको छ । त्यस्तै फहिम अशरफको स्थानमा स्पिनर उस्मा मिरलाई मौका दिएको छ । […]

September 22, 2023

भण्डारी क्यानको अध्यक्षमा उठ्ने

काठमाडौं (हाम्रो खेलकुद) – बर्दिया जिल्ला क्रिकेट संघका अध्यक्ष विनयराज भण्डारीले नेपाल क्रिकेट संघको अध्यक्षमा उठ्ने घोषणा गरेका छन् । विनयले हाम्रो खेलकुदसँग कुरा गर्दै वर्तमान अध्यक्ष चतुरबहादुर चन्दकोविरुद्धमा लड्ने घोषणा गरेका छन् । ‘म क्यानको अध्यक्षमा लड्दैछु । चन्दविरुद्ध रुष्ट साथीहरुले मलाई उठ्नुस भनेका छन् । चन्दको कार्यशैली मन नपरेका २४, २५ जान साथीहरुले […]

September 22, 2023

क्यान चुनाव : को कुन पदमा लड्दैछन् ?

भूपेन्द्र जि.सी,काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधरण सभा तथा विशेष अधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । दुई दिनसम्म चल्ने अधिवेशनमा चतुरबहादुर चन्दलाई अध्यक्ष पदमा राख्दै पूर्वकप्तान पारस खड्का सचिव पदमा लड्ने तयारी छ । समिकरण हेर्दा चन्द अध्यक्षमा निरन्तर उठ्दा उनले खड्कालाई सचिवसहित सबैलाई समावेश गरेर प्यानल नै खडा गर्दैछन् । ‘सचिवमा उठ्ने […]

September 22, 2023

क्यान निर्वाचन – पारस सचिवमा उठ्ने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को आसन्न निर्वाचनमा सचिव पदमा उठ्ने भएका छन् । बाग्मती प्रदेश क्रिकेट संघका अध्यक्ष रहेका खड्का चतुरबहादुर चन्दको प्यानलबाट सचिव उठ्ने लगभग पक्का भएको छ । क्यानको अधिवेशन र विशेष साधारण सभा आज सुर हुँदैछ । साधारण सभा भोली सम्म चल्ने […]

September 21, 2023

तीन राष्ट्रिय क्रिकेटरलाई डिसिएको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – महिला टि–ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपाललाईं सेमिफाइनलसम्म पुर्याउँन महत्वपूर्ण भुमिका निर्वाह गरेका तीन महिला क्रिकेटर गृहनगर धनगढीमा सम्मानित भएका छन् । धनगढी क्रिकेट एकेडेमी(डिसिए)ले नेपाली टोलीमा रहेका धनगढीका कविता कुँवर, इश्वरी विष्ट र रुवि पौदारलाई बिहीबार सम्मान गरेको हो । ग्रेस इन्टरनेसनलका निर्देशक अन्ड्रु पौडेलले तीनैजनालाईं सम्मानपत्र र मायाँको चिनोसहित सम्मान […]

September 21, 2023

विश्वकप अघि दक्षिण अफ्रिकालाई ठूलो झड्का

एजेन्सी – तीन सातापछि भारतमा हुने एकदिवसीय विश्वकप अघि दक्षिण अफ्रिकालाई ठूलो झड्का लागेको छ । दक्षिण अफ्रिकाका दुई प्रमुख तीव्र गतिका बलर एनरिच नोर्किया र सिसान्डा मगलाले चोटका कारण विश्वकप गुमाउने भएका छन् । नोर्किया ब्याक इन्जुरी र मगला घुँडाको चोटका कारण विश्वकप गुमाउने दक्षिण अफ्रिका क्रिकेट बोर्डले जनाएको छ । नोर्किया वर्तमान समयमा […]

September 21, 2023

ललितको शल्यक्रिया सफल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशीको राइट क्लाभिकल फ्राक्चर (ब्यूटिबोन) को शल्यक्रिया सफल भएको छ । ललितको आज बिहान ग्वार्कोमा रहेको बी एण्ड बी अस्पतालमा उनको शल्यक्रिया सफल भएको हो । चिकित्सक अमित जोशीको टोलीले ललितको शल्यक्रिया सफल रुपमा सम्पन्न गराएका छन् । ललित ६ देखी १२ हप्ता मैदान बाहिर रहनु […]

September 21, 2023

नेपाललाई ठूलो झड्का, ललितले शल्यक्रिया गर्नुपर्ने

काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता देखी चीनमा हुने १९ औ एसियाली खेलकुद अघि नेपाली क्रिकेट टोलीलाई ठूलो झड्का लागेको छ । नेपालका बायाँ हाते स्पिनर ललितनारायण राजवंशी घाइते भएका छन् । बुधबार फिल्डिङ गर्नेक्रममा टियु क्रिकेट मैदानमा ललितको राइट क्लाभिकल फ्राक्चर (ब्यूटिबोन) भएको छ । ललितको आज नै बी एण्ड बी अस्पतालमा शल्यक्रिया गरिदैछ […]

September 20, 2023

क्यान निर्वाचन – झापाको प्रतिनिधि छनोट विवादमा

हिमाल खरेल, बिर्तामोड नेपाल क्रिकेट संघ (क्यान) को आसन्न केन्द्रीय कार्यसमिति चुनावका लागि प्रतिनिधि पठाउने विषयमा झापामा विवाद उत्पन्न भएको छ । हरेक जिल्लाबाट एक जना केन्द्रीय प्रतिनिधि चयन गर्नुपर्ने प्रावधान छ । केन्द्रीय प्रतिनिधिका लागि झापामा दुईजना आकंक्षी देखिएपछि विवाद भएको हो । झापाबाट केन्द्रमा प्रतिनिधि जान कार्यसमितिका सचिव लाक्पा लामा र सदस्य मनोज […]

September 20, 2023

नेपालले पहिलो खेल सिंगापुरसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा पहिलो खेल सिंगापुरसँग खेल्दै सुरुवात गर्ने भएको छ । प्रतियोगिता कार्तिक १३ देखी २० गते (३० अक्टोबर देखी नोभेम्बर ६) सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । नेपालले पहिलोे खेल कार्तिक १३ (अक्टोबर ३०) मा सिंगापुरसँग टियु क्रिकेट मैदानमा खेल्नेछ । […]

Success

Thank you for your time.