default_image

फुटबल

April 16, 2024

आरसी ३२ को तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– आरसी–३२ ले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आरसीले महावीरलाई १–० ले हरायो । अर्को खेलमा बागमती युवा क्लबले सामाजिक युवा क्लबलाई २–० ले पराजित गरेको छ । विवेक राईले २८ औं मिनेटमा गरेको गोल आरसी ३२ का […]

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

April 14, 2024

लेभरकुसनलाई पहिलोपटक बुन्डेसलिगा उपाधि

एजेन्सी – जाभी अलोन्सोको प्रशिक्षणमा रहेको बायर लेभरकुसनले क्लब इतिहासमा पहिलोपटक बुन्डेसलिगाको उपाधि जितेको छ । आईतबार वेर्डर ब्रेमन माथि ५-० को सहज जित संगै लेभरकुसनको पहिलो लिग उपाधि पक्का भएको हो । लेभरकुसनको जितमा फ्लोरियन विर्ट्जले ह्याट्रिक पूरा गरे भने भिक्टर बोनिफेशले र ग्रानिट झाकाले खेलमा एक-एक गोल गरे । ९०औं मिनेटमा विर्ट्जले गोल […]

April 14, 2024

उपाधि आकांक्षी लिभरपुल स्तब्ध

एजेन्सी – प्रशिक्षक योर्गन क्लपको अन्तिम सिजनको सुखद अन्त्य गर्ने आशामा रहेको लिभरपुलको उपाधि आकांक्षामा धक्का लागेको छ । पछिल्लो हप्ता म्यानचेस्टर युनाइटेड विरुद्ध बराबरी खेलेको लिभरपुल आज भने क्रिस्टल प्यालेस विरुद्ध पराजित भएको हो । क्रिस्टल प्यालेसले लिभरपुलकै घरेलु मैदानमा १-० को जित हासिल गरेको हो । प्यालेसको जितमा एबेरिचे एजेले खेलको १४औं मिनेटमा […]

April 14, 2024

मनोहरा र झम्सिखेलको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘सि’ डिभिजन लिगमा आईतवार भएका खेलमा मनोहरा युथ क्लब र झम्सिखेल युथ क्लब विजयी भएका छन् । दिनको पहिलो खेलमा मनोहराले स्पोर्ट्स एकेडेमी साँगा माथि ३-२ को जित हासिल गरेको हो । मनोहराको जितमा उत्तम शाही, विशान्त मगर र आविष्कार खड्काले समान १-१ गोल गरे । साँगाका लागि स्यामुएल […]

April 14, 2024

वर्षको पहिलो उपाधिमा मछिन्द्र र पुलिसको नजर

सुनिल गाउँले, सिमरा जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई ए डिभिजन टोली मच्छिन्द्र क्लब र नेपाल पुलिस क्लबले एकअर्काको सामना गर्नेछन् । सिमरा रंगशालाको फ्लड लाइटमा सोमबार राति हुने फाइनल जित्दै दुबै टोली उपाधिका साथ नयाँ वर्ष २०८१ को सुखद सुरुवात गर्न चाहन्छन् । पुलिस आठ वर्षपछि दोस्रो पटक जीतपुरसिमरा […]

April 14, 2024

इंग्ल्यान्ड ‘सी’ सँग खेल्ने प्रारम्भिक टोलीमा २८ खेलाडी

काठमाडौ ( हाम्रो खेलकुद)- इंग्ल्यान्ड ‘सी’ विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोलीको घोषणा भएको‌ छ। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आइतबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले सामाजिक सन्जाल मार्फत जानकारी दिएको छ। अल्डरसट टाउन एफसीको रंगशाला इबिबीमा वैशाख २४ गते बीच मैत्रीपूर्ण फुटबल हुनेछ।  […]

April 14, 2024

क्यासी स्पोर्टसलाई यु १३ फुटबल उपाधि

गोरखा (हाम्रो खेलकुद)- क्यासी स्पोर्टस् एकेडेमी यु-१३ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । द ओसन क्लबको आयोजनामा गोरखा नगरपालिका–९ स्थित एस्ट्रो टर्फमा शनिबार थ्री स्टार क्लबलाई पेनाल्टी सुट आउटमा ३-२ ले हराउँदै क्यासी च्याम्पियन बनेको हो ।निर्धारित समयमा १–१ को बराबरी भए पछि खेल पेलान्टी सुटआउटमा गएको थियो । क्यासी २० हजार रुपैयाँ, ट्रफी […]

Success

Thank you for your time.