default_image

फुटसल

March 17, 2022

जेएमसी कप फुटसल यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – जय बहुमुखी क्याम्पसको आयोजनामा दोस्रो संस्करणको अन्तर कलेज (प्लस टु) जेएमसी कप सेभेन ए साइड फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता गोकेर्णेश्वर ४ माँकलबारीस्थित मनकामना फुटसलमा हुनेछ । सहभागिताका लागि १० चैतसम्म समयसीमा र १२ चैतमा खेल तालिका सार्वजनिक गरिने आयोजकले जनाएको छ । टिम सहभागिताको लागि ५ हजार शुल्क […]

March 15, 2022

स्वस्तिश्री गुरुकुल क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक स्वस्तिश्री गुरुकुल पहिलो स्वस्तिश्री गुरुकुल अन्तरविद्यालय यु–१२ फुटसल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सानोभ¥याङस्थित आफ्नै फुटसल मैदानमा बुधबारदेखि सुरु भएको प्रतियोगितामा समूह ‘ए’ को स्वस्तिश्री गुरुकुलको सिनियरले क्वार्टरफाइनलमा स्थान बनाएको हो । स्वस्तिश्री यस समूहमा एक जित र एक बराबरीका साथ क्वार्टरफाइनलमा पुगेको हो । द एक्सेल्सियर स्कुलसँग १–१ को […]

March 14, 2022

ढुकु, फुटसल र क्रिजल विजयी

काठमाडौं (हाम्रो खेलकुद) – महिला प्रिमियर लिग (एमपिएल) सिजन- ४ को दोस्रो राउन्डको खेलमा ढुकु फुटसल, फुटसल ५ र क्रिजल एफसी विजयी भएका छन् । ढुकु फुटसलमा भएको खेलमा ढुकुले मेगा पावरलाई ४–२ ले पराजित गरेको हो । ढुकुको यो लगातार दोस्रो जित हो । यो जितसँगै ढुकु २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको […]

March 11, 2022

स्वस्तिश्री गुरुकुललाई न्यु एरा कप फुटसलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – स्वस्तिश्री गुरुकुल स्कुलले न्यु एरा कप अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ । स्वस्तिश्री गुरुकुलले माउन्ट ग्लोरी स्कुललाई पेनाल्टीमा ३–२ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको फुटसल कोर्टमा शुक्रबार भएको फाइनलको निर्धारित समयमा १–१ गोलको बराबरीपछि पेनाल्टीमा स्वस्तिश्रीले बाजी मारेको हो । च्याम्पियन […]

March 10, 2022

न्यु एरा र विद्या संस्कार प्रि–क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक न्यु एरा एकेडेमी ‘बी’ सँगै विद्या संस्कार स्कुल समूह विजेता बन्दै न्यु एरा कप अन्तर विद्यालय फुटसल प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । न्यु एरा समूह ‘एच’ को तथा विद्या संस्कार समूह ‘जी’ को विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको हो । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको फुटसल कोर्टमा […]

March 9, 2022

सेव र माउन्ट ग्लोरी प्रि–क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) र माउन्ट ग्लोरी समूह विजेता बन्दै स्कुल न्यु एरा कप अन्तर विद्यालय फुटसल प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेव समूह ‘एफ’ बाट तथा माउन्ट ग्लोरी समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको हो । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको फुटसल कोर्टमा बुधबार […]

March 7, 2022

न्यु इरा कप फुटसलमा २५ टोली

काठमाडौं (हाम्रो खेलकुद) –न्यु इरा एकेडेमीको आयोजनामा न्यु इरा कप अन्तर विद्यालय फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । तारकेश्वर नगरपालिका ८ हिलेडोलमा रहेको न्यु इराले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २५ देखि २७ सम्म हुने जानकारी गराएको छ । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको फुटसल कोर्टमा हुने प्रतियोगितामा २५ टोलीको सहभागिता रहेको आयोजकले जनाएको […]

March 6, 2022

ड्याफोडिललाई फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – ड्याफोडिलले आठौं संस्करणको बिद्या सस्कार अन्तर बिद्यालय शिक्षक फुटसल प्रतियोगिताको उपाधि जितेको छ । ड्याफोडिलले एस स्कुललाई ४–३ ले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै ड्याफोडिलले २० हजार प्रात गरेको छ । दोस्रो भएको एसले १० हजार रुपैया हात पा¥यो । एस स्कुलका राजु श्रेष्ठ उत्कृष्ट खेलाडी, सोही स्कुलका शशि […]

March 1, 2022

फुटसलको दोस्रो चरणमा २२ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी फुटसल एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटसल टोलीको बन्द प्रशिक्षणमा दोस्रो चरणमा २२ खेलाडी छनोट भएको छ । गत शुक्रबारदेखि शुरु भएको प्रशिक्षणमा ३२ खेलाडी प्रारम्भिक टोलीमा रहेका थिए । जसबाट मुख्य प्रशिक्षक गौरव बस्नेतले १० खेलाडी कटौती गर्दै दोस्रो चरणमा २२ खेलाडी छनोट गरेको हो । […]

February 23, 2022

फुटसलको बन्द प्रशिक्षण शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी फुटसल एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटसल टोलीको बन्द प्रशिक्षण शुक्रबारदेखि शुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार विज्ञप्ति जारी गर्दै फुटसलको बन्द प्रशिक्षण शुक्रबारदेखि शुरु हुने उल्लेख गरेको छ ।काठमाडौंका चार दिनको प्रशिक्षणपछि नेपाली टोलीले पोखरामा प्रशिक्षण गर्न त्यसतर्फ प्रस्थान गर्नेछ […]

Success

Thank you for your time.