default_image

फुटसल

August 20, 2022

आयोजक र प्याव्सन फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक टोली र प्याव्सन लमजुङ लमजुङ सदरमुकाम बेशीशहरमा जारी खुल्ला फुटसल प्रतियोगिता फाइनलमा प्रवेश गरेका छन् । आयोजक टिमले बैंकर ए टिमलाई ४–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । आयोजक टिमका सुरेश श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए । दोस्रो सेमिफाइनलमा बेसीशहर नगरपालिकालाई पेनाल्टी सुटआउटमा ३–२ ले […]

August 20, 2022

फिजियोबीच फुटसल प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – फिजियोथेरापिस्टहरुको छाता संगठन नेपाल फिजियोथेरापी संघ (नेप्टा) को आयोजनामा फिजियोबीच फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगितामा सहभागी टोलीमध्ये एक लियोपार्ड फिजियोले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै विश्व फिजियोथेरापी दिवसको अवसरमा एक दिने प्रतियोगिता भदौ १८ गते हुने जानकारी गराएको हो । विश्वभर सेप्टेम्वर ८ तारिखलाई विश्व फिजियोथेराफी दिवसको […]

August 19, 2022

लमजुङमा फुटसल शुरु

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना भाइरस (कोभिड– १९) को प्रकोपका कारणले थला परेको व्यापार व्यवसाय उकास्ने र आपसमा सदभाव बढाउने उद्देश्यले कृष्णाष्टमीका अवसरमा लमजुङमा व्यवसायिक प्रवद्र्धनका लागि खुल्ला फूटसल प्रतियोगिता शुरु भएको छ । हिमालयन ब्रदर्श ग्रुप र मनाङ मर्स्याङदी प्रालिको आयोजनामा शुक्रबार सुरु गरिएको प्रतियोगिताको पहिलो दिन १४ खेल सम्पन्न भएका छन् । पहिलो […]

July 25, 2022

मनकामनालाई एसईई फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – मनकामना फुटसलले दोस्रो एसईई फुटसल प्रतियोगिताको उपाधि जितेको छ । एबिसी फुटबल एकेडेमीद्वारा सेक्रेड हार्ट स्कुलको फुटसल ग्राउण्डमा भएको खेलमा क्रिजल फुटबल क्लवलाई पराजित गर्दै मनकामनाले उपाधि जितेको हो । उपाधिसँगै मनकामनाले ४० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको क्रिजल फुटबल क्लबले २० हजार रुपैयाँ […]

July 22, 2022

पोखरामा यू–१८ फुटसल हुने

काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा साउन अन्तिम साता एक दिने यू–१८ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । ए डिभिजनको मनाङ–मर्स्याङ्दी क्लबका डिफेन्डर सरोज योन्जन लामाले साउन २८ गते शनिबार एक दिने यु–१८ फुटसल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता लेकसाइड एरिना स्ट्रिट नम्वर १६ मा हुनेछ । प्रतियोगितामा सहभागिताको लागि ४ हजार रुपैयाँ […]

July 19, 2022

अन्नपूर्ण ब्रसेल्स र एनएसजेएफबीच मैत्रीपूर्ण फुटसल

काठमाडौं (हाम्रो खेलकुद) – अन्नपूर्ण ब्रसेल्स क्लब नेपाल बेल्जियम र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ । च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा मंगलबार भएको मैत्रीपूर्ण खेलमा पत्रकार मन्चले अन्नपूर्ण ब्रसेल्सलाई ५–४ गोल अन्तरले पराजित गरेको छ । खेलमा अन्नपूर्ण ब्रसेल्स क्लबले दुई पटक अग्रता लिए पनि जोगाउन सकेन । मन्चको […]

July 13, 2022

एसईई फुटसल प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – एबीसी फुटबल एकेडमीको आयोजनामा दोस्रो संस्करणको एसईई फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यसै साउन ४ देखि ६ गतेसम्म बालजुस्थित सेक्रेड हार्ट माध्यमिक बोर्डिङ विद्यालयको फुटसल मैदानमा हुनेछ । प्रतियोगितामा टिम दर्ता शुल्क ४ हजार ५ सय लाग्नेछ भने प्रथम हुने टोलीले नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाण […]

July 11, 2022

नो मर्सी र न्यु जेनिथलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नो मर्सी र न्यु जेनिथले प्रथम एसइइ कप ब्वाइज फुटसल तथा बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । नो मर्सी फुटसल तथा न्यु जेनिथ थ्री बाइ थ्री बास्केटबलमा च्याम्पियन बने । खुमलटारस्थित आयोजक प्रिमियर इन्टरनेसनल स्कुलमा सोमबार भएको फुटसलतर्फको फाइनलमा नो मर्सीले स्वस्तिश्री गुरुकुललाई ४–१ गोलले पराजित ग¥यो । उपाधिसंगै नो मर्सीले […]

July 11, 2022

फुटसलका मुख्य प्रशिक्षक बस्नेतले एकेडेमी सञ्चालन गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले फुटसल एकेडमी सञ्चालन गर्ने भएका छन् । भविष्यमा अब्बल फुटसल खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको प्रशिक्षक बस्नेतले साउन ७ टिप्टो फुटसल एकेडमी सञ्चालनमा ल्याउन लागेका हुन् । उक्त एकेडमीमा यू–४ देखि यू–१५ वर्षसम्मका बालबालिकाको लागि प्रशिक्षण हुनेछ । ‘हाल नेपालमा फुटसलमात्रै खेल्ने खेलाडीहरु […]

July 11, 2022

एन्जल्स एसइइ कप फुटसल भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – एन्जल्स हार्ट कलेजको आयोजनामा प्रथम एन्जल्स एसइइ कप छात्र फुटसल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा ३० टिमको सहभागिता रहने एन्जल्स हार्ट एडुकेसन फाउन्डेसनका अध्यक्ष लीलबहादुर पुनले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । अध्यक्ष पुनले क्रिकेट, भलिबल, बास्केटबल र एथलेटिक्स प्रतियोगिता आयोजना गर्दै आएकोमा एन्जल्स हार्टले पहिलो पटक फुटसल […]

Success

Thank you for your time.