default_image

मार्सल आर्टस्

January 2, 2023

उमा खुला राष्ट्रिय कराते मंगलबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गोजुकाई कराते डो संघको आयोजनामा उमा खुला राष्ट्रिय कराते च्यामिपयनसिपको दोस्रो संस्करण मंगलबारदेखि सुरु हुने भएको छ । वल्र्ड युनाइटेड मार्सल आर्टस् (उमा) बाट मान्यता प्राप्त गोजुकाई करातेले हरेक वर्ष देशभरका खेलाडीको सहभागितामा राष्ट्रिय प्रतियोगिता गर्ने उद्देश्यअनुसार १९ र २० पुसमा दोस्रो संस्करण आयोजना गर्न लागिएको संघका उपाध्यक्ष समेत रहेका […]

December 30, 2022

अदालतको निर्णय कुर्दै तेक्वान्दो महासंघ

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तेक्वान्दोका दुई संघ खारेज गर्दै नेपाल तेक्वान्दो महासंघ गठन गरेपछिको उत्पन्न विवाद तत्कालका लागि समाधानका लागि अब अदालतको निर्णय पर्खनुपर्ने अवस्था तयार भएको छ । प्रकाश शम्सेर राणाको अध्यक्षतामा रहेको तेक्वान्दो संघले युवा तथा खेलकुद मन्त्रालय, राखेपसहित ५ संस्थाविरुद्ध उच्च अदालत पाटनमा दायर गरेको मुद्दाको किनारा नलाग्दा […]

December 24, 2022

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – पूर्व प्रधानमन्त्री एवंम् सन्तनेता कृष्णप्रसाद भट्टराईको स्मृतिमा राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो संस्करण अर्को महिना आयोजना हुने भएको छ । नेपाल सितोरोरियो कराते संघ जिल्ला प्रमुख डोजो ललितपुर लगनखेल र गोदावरी नगरपालिकाको संयुक्त आयोजनामा माघ २६ देखि २८ गते सम्म प्रतियोगिता आयोजना हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिता निरन्तर […]

December 21, 2022

पूर्नगठनपछि तेक्वान्दोमा विवाद

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई तेक्वान्दो संघलाई खारेज गर्दै नयाँ संघ गठन गरेपछि विवाद चर्केको छ । राखेपले मंगलबार तेक्वान्दो, उसु र शारीरिक सुगठन संघ पूनर्गठन गरेको थियो । पुनर्गठित नेपाल तेक्वान्दो संघको अध्यक्षमा संघका पूर्व उपाध्यक्ष तथा पहिलो पुस्ताका खेलाडीसमेत रहेका प्रदीप जोशीलाई संयोजक र अखिल नेपाल फुटबल संघ (एन्फा) […]

December 21, 2022

यू २२ बक्सिङ च्याम्पियनसिपका लागि छनोट हुने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बक्सिङ संघले थाइल्यान्डमा आयोजना हुने एएसबिसी यू २२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपका लागि छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले छनोट प्रतियोगिता पुस ११ देखि १३ गते सम्म ललितपुर सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिषदको बक्सिङ हलमा हुनेछ । थाइल्यान्डको यू २२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिप माघ २ देखि १३ […]

December 20, 2022

सुमन र इशानलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका सुमन थापा मगर र इशान सापकोटाले राष्ट्रिय कराते प्रतियोगिता (आईकेओकेएस, कोलकाता ब्रान्चेस) मा स्वर्ण जितेका छन् । पुरुष ५५ केजीमुनि सुमन र ३० केजीमुनि इशानले स्वर्ण जितेको इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आईएफकेके) का प्रमुख प्रशिक्षक प्रेम लामाले जनाएका छन् । भारतको कोलकातामा डिसेम्बर १७ देखि १८ तारिखसम्म भएको […]

December 19, 2022

मुम्बईमा नेपाललाई १० स्वर्ण, नानुलाई एमएमए बेल्ट

काठमाडौं (हाम्रो खेलकुद) – भारतको मुम्बईमा सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले १० स्वर्ण र २ रजत गरी कुल १२ पदक प्राप्त गर्न सफल भएकाे छ । प्रतियोगिता रेफ्रि एवं नरहरिपुर डोजो, मच्छेगाउँका प्रशिक्षक रविन्द्र मानन्धरले नेपालले कुल १२ पदक जित्न सफल भएकाे जानकरी गराए । मिक्स मार्सल आर्ट फेडेरेशन इन्डियाको आयोजनामा पौष ३ गते सम्पन्न […]

December 17, 2022

रुट अफ नेपाल तेक्वान्दो पुस्तक विमोचित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली तेक्वान्दोको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याएका जे के सिनद्वारा लिखित रुट अफ नेपाल तेक्वान्दो नामक पुस्तक शनिबार विमोचन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, पूर्व मन्त्री किसान श्रेष्ठ, पूर्व मन्त्री केशरबहादुर विष्ट, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल […]

December 15, 2022

उपचारका लागि सिंहलाई आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी शेरबहादुर सिंहलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोष र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आर्थिक सहयोग प्रदान गरेको छ । लामो समयदेखि कलेजो रोगबाट पीडित सिंहलाई कोषले २ लाख र राखेपले ३ लाख गरि ५ लाख रुपैयाँ बिहीबार प्रदान गरेको कोषका सचिव समेत रहेका खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले […]

December 14, 2022

आईएफकेके कराते टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय कराते प्रतियोगिता (आईकेओकेएस) कोलकाता ब्रान्चेस) मा सहभागी हुन ७ खेलाडीसहित १३ सदस्यीय इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आईएफकेके) टोली बिहीबार भारतको कोलकाता प्रस्थान गर्दै छ । डिसेम्बर १६ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा सुमन थापा मगर, प्रिन्स देउला, प्रवेश गुरुङ, शेख रिज्वान उलाङ, सुशान्त सापकोटा, इशान सापकोटा र प्रञ्चलाल […]

Success

Thank you for your time.