default_image

मार्सल आर्टस्

September 7, 2022

राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आईएफकेके संघको आयोजनामा चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष-महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष घनश्याम श्रेष्ठले जनाएका छन् । पुरुषमा ४ तथा महिलामा ३ गरी ७ स्पर्धामा प्रतिस्पर्धा हुने ब्रान्च चिफ प्रेम लामाले जानकारी गराए । […]

September 4, 2022

पुलिसका खेलाडीलाई सम्मान तथा बधाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताको विभिन्न खेलमा पदक जित्न सफल आफ्ना खेलाडी तथा टोलीलाई सम्मान र बधाई ज्ञापन गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य–सचिव प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्दराज आचार्यले आइतबार एक कार्यक्रमकाबीच विभिन्न खेलमा पदक प्राप्त गर्न सफल नेपाल प्रहरीको खेलाडीहरुलाई […]

September 3, 2022

मनोजलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – मनोज श्रेष्ठले मलेसिया ओपन तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । स्वर्ण जित्ने क्रममा मनोजले ४ खेलाडीलाई पराजित गरेका थिए । नेप्लिज तेक्वान्दो एकेडेमीका उत्पादन मनोजले पुरुष ५८ केजीमुनि स्वर्ण जितेको एकेडेमीका अध्यक्ष समेत रहेका काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खडकाले जनाएका छन् ।

August 31, 2022

टेबल टेनिस छनोट सुरु

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशको टेबलटेनिस खेलाडी छनोट बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगितामा ६४ पुरुष र ३५ महिला खेलाडीको सहभागिता रहेको काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्ष समेत रहेका प्राविधिक उपसमितिका संयोजक धर्ममान वज्राचार्यले जनाएका छन् । नकआउट आधारमा हुने प्रतियोगिताबाट समान […]

August 31, 2022

मनोज मलेसिया जाने

काठमाडौं (हाम्रो खेलकुद) – मलेसिया ओपन तेक्वान्दोमा सहभागी हुन मनोज श्रेष्ठ बिहीबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने भएका छन् । मनोजले पुरुष ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । व्यवस्थापकमा भीमबहादुर मोक्तान रहेका छन् । उनीहरुलाई कागेश्वरी मनोहारा नगरपालिका वडा ४ का अध्यक्ष धनबहादुर श्रेष्ठ र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले एक कार्यक्रमबीच बिदाइ […]

August 28, 2022

मुवा थाईमा प्राप्तीले जितिन् २ पदक

काठमाडौं (हाम्रो खेलकुद) – मार्सल आर्ट खेलाडी प्राप्ती बतासले यसै महिनाको सुरुवातमा मलेसियामा सम्पन्न इन्टरनेसनल फेडेरेसन अफ मुवा थाई (आइएफएमए) वल्र्ड युथ गेम्समा रजतसहित २ पदक जितेकी छन् । मलेसियामा साउन २४ देखि भदौ ४ गते सम्म भएको युथ गेम्समा प्राप्तीले आइएफएमए १२ देखि १५ वर्षको ५१ केजी तौल समूहमा रजत र १४ देखि १५ […]

August 27, 2022

‘ऐनमै खेलाडीको पुरस्कार सुनिश्चित गरेका छौं’ – मन्त्री अथक

कोहलपुर (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ऐनमै खेलाडीको सम्मान तथा पुरस्कार राशी सुनिश्चित गरिएको बताएका छन् । राष्ट्रिय तेक्वान्दो संघले शुक्रबारदेखी बाँकेको कोहलपुरमा संचालन गरेको दुई दिने प्रशिक्षक अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री अथकले पुरस्कार कार्यविधिमार्फत सरकारले खेलाडीहरुको पुरस्कार तथा सम्मान रकम सुनिश्चित गरेको बताएका हुन् । युवा तथा खेलकुद […]

August 26, 2022

साईमनले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको फुकेट शहरमा अगष्ट १९ देखि २३ सम्म संचालन भएको थाइल्यान्ड ओपन कराते प्रतियोगितामा नेपालका लागि साईमन श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएका छन् । उनले १४ वर्ष उमेर समूहको ४५ केजीमुनि स्वर्ण जितेका हुन् । ईचङगु नारायण डोजोका उत्पादन उनको यो पहिले अन्तर्राष्ट्रिय सहभागिता हो । नेपालबाट सहभागी सिनियर पुरुषमा […]

August 24, 2022

जुडो खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदका लागि हुने बागमती प्रदेश खेलाडी छनोट प्रतियोगिताका लागि काठमाडौं जिल्लाबाट जुडो खेलाडी छनोट भएका छन् । खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतिस्पर्धाबाट पुरुष ६० केजीमुनि आशिष तामाङ, ६६ केजीमुनि पुजन श्रेष्ठ र सम्राट केसी, ७३ केजीमुनि सयम श्रेष्ठ, ८१ केजीमुनि ओजस बस्नेत, ९० केजीमुनि फुर्वा सोनाम […]

August 23, 2022

पोखरामा माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो हुने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघको आयोजनामा अर्को महिना तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप विश्व वरियता जी २ तथा पहिलो माउन्ट एभेरेष्ट जिसिएस अन्तर्राष्ट्रिय खुला तेक्वान्दो पुम्से च्याम्पियनसिप हुने भएको छ । संघले मंगलबार पत्रकार सम्मेलन गर्दै असोज ६ देखि ९ गते सम्म गण्डकी प्रदेशको पोखरामा सञ्चालन हुने जानकारी दिएको छ । संघले […]

Success

Thank you for your time.