default_image

मार्सल आर्टस्

January 26, 2024

थापा मगर नेदरल्याण्ड प्रस्थान

काडमाडौं (हाम्रो खेलकुद) –तेक्वान्दो आइटीएफ र नेपाल मुआ थाईको केन्द्रीय सदस्य एवं खेलाडी तुलसी थापा मगर जनवरी २७ मा नेदरल्याण्डको हेल्मोण्ड शहरमा आयोजना हुन गइरहेको ‘दी ओपन डच च्याम्पियनसिप तथा सम्मेलन’ मा सहभागी हुने भएकी छिन् । नेपाल नेशनल मार्शल आर्टस गेम्स महासंघका केन्द्रीय कोषाध्यक्ष समेत रहेकी मगर विगत २० वर्षदेखि खेलकुदमा क्रियाशील छिन् । […]

January 25, 2024

रोहित सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – बागलुङका रोहित कायेट दोश्रो गलाक राष्ट्रिय मुवाँथाइ प्रतियोगिताको पुरुष ६० केजीमा सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार सोही स्पर्धामा काभ्रेका सुजित गुरुङ, काठमाडौंका अकेश केसी र मकवानपुरका गौतम थिङ पनि सेमिफाइनलमा पुग्न सफल भए । नेपाल राष्ट्रिय मुवाँथाइ संघ र अल फाइट सिस्टम अर्गनाइजेसनको संयुक्त आयोजित प्रतियोगिताको पुरुष ५५ केजीको समूह […]

January 25, 2024

श्रेष्ठलाई उप निर्देशकको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कराते मुख्य सहायक प्रशिक्षक दीपक श्रेष्ठलाई राष्ट्रिय टिम तयारीको उप–निर्देशकको जिम्मेवारी दिएको छ । यसअघि श्रेष्ठ तालिम तथा प्रशिक्षण विभागमा थिए । करातेका सफल खेलाडी मध्येका एक श्रेष्ठ आठौं र नवौं दक्षिण एसियाली महासंघीय खेलकुद (अहिले दक्षिण एसियाली खेलकुद, साग) का स्वर्ण पदक विजेता हुन् । […]

January 24, 2024

च्याम्पियनकी सायाङले ड्रेस्डेन ओपन खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– च्याम्पियन मार्सल आर्टस एकेडेमीका सायाङ लामाले जर्मनीमा हुने ड्रेस्डेन ओपनमा भाग लिने भएकी छिन् । शनिबार हुने च्याम्पियनसिपमा सायाङले कुमुते ३६ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । ४ सदस्यीय टोलीको नेतृत्व च्याम्पियन मार्सल आर्टसकी प्रमुख कार्यकारी सुशिला लामाले गर्नेछिन् । सायाङको प्र्रशिक्षकमा डिगम्बर प्रसाद पन्त र अफिसियलमा नेहाकुमारी भट्ट रहेकी छिन् […]

January 17, 2024

मन्देकाजी र वीर बहादुर अष्ट्रेलियामा सम्मानित

सिड्नी (हाम्रो खेलकुद) – कराते प्रशिक्षक मन्देकाजी श्रेष्ठ र तेक्वान्दोका वीरबहादुर महरा अष्ट्रेलियाको सिड्नीमा सम्मानित भएका छन् । दुवै जना १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णपदक विजेता खेलाडी हुन् । हाल राष्ट्रिय टोलीका प्रशिक्षक रहेका मन्देकाजीले सागमा दोहोरो तथा वीर बहादुरले स्वर्णपदक जितेका थिए । नेपाल अष्ट्रेलिया कराते टिमले नेपाली खेलकुदमा पु¥याएको योगदानको कदर […]

January 13, 2024

वादोरियो करातेमा बागमती टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले चौथो राष्ट्रिय खुला वादोरियो कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । सर्वाधिक १० स्वर्ण २ रजत र १ कास्य पदक जित्दै बागमती टिम बनेको हो । प्रतियोगितामा १२ इभेन्ट समावेश थिए । नेपाल वादोरियो कराते डो संघको आयोजनामा भएको प्रतियोगितामा १ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै […]

January 13, 2024

करातेका स्वर्ण विजेता अन्जली सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – कमला कार्की स्मृति प्रतिष्ठानले कराते खेलाडी अन्जली महर्जनलाई नगदसहित सम्मान गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर राष्ट्रको गौरव अभिबृद्धि गरेकोमा अन्जलीलाई सम्मान गरिएको हो । अन्जलीले नेपालमा भएको सातौं दक्षिण एसियाली कराते प्रतियोगिताको महिला ५० केजीमुनि स्वर्ण जितेकी छन् । त्यस्तै, अन्जलीले भारतको मुम्बइमा भएको मुम्बइ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पनि […]

January 5, 2024

राष्ट्रिय वादोरियो कराते अर्को साता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वादोरियो कराते डो संघको आयोजनामा अर्को साता चौथो राष्ट्रिय वादोरियो कराते प्रतियोगिता हुने भएको छ । विश्व कराते महासंघको चार मुख्य विधा मध्येको एक रहेको वादोरियो कराते प्रतियोगिताको चौथो संस्करण यहि पुस २७ र २८ गते हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पुरुष र महिलामा एकल र कातासहित […]

December 28, 2023

एसियाडकी रजत विजेता एरिका र हरि सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – चीनमा सम्पन्न १९औं हाङ्गचौं एसियाली खेलकुद (एसियाड)) मा करातेकी रजत पदक विजेता एरिका गुरुङ र हरि लामा सम्मानित भएका छन् । काठमाडौंस्थित वनस्थलीमा रहेको हाइड एन्ड सिक किन्डर गार्डेनले ११औं वार्षिकोत्सवको अवसरमा एसियाडकी रजत पदक विजेता एरिका गुरुङ र विद्यालयका खेलकुद शिक्षक समेत रहेका हरि लामालाई सम्मान पत्र र दाेसल्ला ओढाएर […]

December 23, 2023

रिनालाई चापागाउँ डोजोको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)- चापागाउँ कराते डोजोले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप टिम कातामा स्वर्ण पदक जितेकी रिना श्रेष्ठ नगद पुरस्कारसहित सम्मान गरेको छ । डोजोले उनलाई शनिबार सम्मान पत्रसहित २५ हजार रुपैयाँले सम्मान गरेको हो । दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता एवम् नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले […]

Success

Thank you for your time.