default_image

Racquet

May 18, 2023

सोफेस टेबल टेनिस सुरु

काठमाडौं (हाम्रो खेलकुद) – शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालको आयोजनामा नवौं राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । पहिलो दिन ब्वाइज टिम इभेन्टमा भासरा, न्यु होराइजन, बुटवल, मोर्डन इन्डियन स्कुल (एमआईएस) र गार्गी एकेडेमी, बुटवल सेमिफाइनलमा पुगेका छन् । सो स्पर्धाको महिलामा आदर्श विद्या मन्दिर (एभीएम), […]

May 17, 2023

सोफेस टेबल टेनिसको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालको आयोजनामा हुने नवौं राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिताको तयारी पूरा भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा जेठ ४ र ५ गते हुने प्रतियोगिताको तयारी पूरा भएको कन्सेप्ट मेकर्जका प्रबन्ध निर्देशक प्रशान्त महर्जनले जनाएका छन् । प्रतियोगितामा १ सय ९० ब्वाइज तथा […]

May 17, 2023

कृष्णमोहन स्मृति ब्याडमिन्टन यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) क्लबको आयोजनामा प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठको स्मृतिमा आयोजना हुँदै आएको राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको १६औं संस्करण जेठ तेस्रो साता आयोजना हुने भएको छ । आयोजक नेपाल एपिएफ क्लबले एपिएफ मुख्यालय हल्चोकमा पत्रकार सम्मेलन गरी प्रतियोगिता जेठ २१ देखि २४ गते सम्म एपिएफ मुख्यालय हल्चोकमै हुने सशस्त्र […]

May 15, 2023

दक्षिण एसियाली युथ टेबल टेनिसमा नेपाललाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दक्षिण एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपमा सोमबार स्वर्ण जितेको छ । नेपालले यु–१९ ब्वाइज टिम इभेन्ट्समा स्वर्ण जितेको टिम प्रशिक्षक सञ्जय अर्यालले जानकारी गराए । भारतको अरुणाचल प्रदेशस्थित इटानगरमा जारी प्रतियोगिताको उक्त स्पर्धामा नेपालले राउन्ड रोविन लिगमा सर्वाधिक अंक बटुल्दै स्वर्ण जितेको हो । सो स्पर्धामा नेपालसहित ४ राष्ट्रले प्रतिस्पर्धा […]

May 12, 2023

टेनिस टोली बंगालदेश जाने

काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसिया यु–१२ टिम कम्पिटिसन (दक्षिण एसियाली छनोट) मा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली आइतबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ । मे १४ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा अशभसम्राट हाडा, युभेनमान श्रेष्ठ र स्पन्डन उदासले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा सूर्यभुषण वज्राचार्य छन् । टोलीलाई […]

May 11, 2023

टेबलटेनिस भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली युथ च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली भारतको अरुणाचल प्रदेश प्रस्थान गर्ने भएको छ । खेलाडीमा सिद्धार्थ तामाङ, सौरव खड्का, एसिश शाक्य, सुस्मिता खड्का, शुभश्री श्रेष्ठ, करिना सुवाल, सुजन गडाल, विशाल गोले, विश्व बानियाँ, वियंका राई, इभाना थापा मगर र दिया देउला रहेका छन् । प्रशिक्षकमा […]

May 4, 2023

सोफेस टेबल टेनिस जेठ पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालको आयोजनामा नवौं राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता जेठ ४ गतेदेखि हुने भएको छ । प्रतियोगितामा २ सय भन्दा बढी खेलाडीको सहभागिता रहने सोफेसका अध्यक्ष प्रा.डा. रामकृष्ण महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले प्रतियोगितामा सहभागी हुन पाउनेछन् । […]

May 1, 2023

अभिषेक र अभिलाषालाई सिटिजन्स बैंक टेनिस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – अभिषेक बाँस्तोला र अभिलाषा विष्टले नवौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । प्रतियोगिताको मुख्य स्पर्धा सिंगल्सको पुरुषमा अभिषेक र महिलामा अभिलाषा च्याम्पियन बनेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा सोमबार भएको पुरुष फाइनलमा अभिषेकले ऋतिक राणालाई ६–० र ६–१ को सोझो सेटमा सहजै पराजित […]

April 30, 2023

माहिका र अभिलाषा फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – माहिका राणा नवौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगित।को महिला सिंगल्समा आइतबार फाइनलमा प्रवेश गरेकी छन् । सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको दोश्रो सेमिफाइनलमा माहिकाले सुनिरा थापालाई ६–० र ७–६ (५) ले पराजित गरिन् । फाइनलमा माहिकाको भेट राष्ट्रिय च्याम्पियन अभिलाषा विष्टसंग हुनेछ । पहिलो सेमिफाइनलमा अभिलाषाले […]

April 27, 2023

माहिका, अभिलाषा, आइशा र सुनिरा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – माहिका राणा नवौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगित।को महिला सिंगल्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेकी छन् । महिकासंगै राष्ट्रिय च्याम्पियन अभिलाषा विष्ट, आइशा डोल्कर गुरुङ र सुनिरा थापा पनि सेमिफाइनलमा पुग्न सफल भएका छन् । सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा माहिकाले प्रकृति श्रेष्ठलाई ६–१ र ६–३ को […]

Success

Thank you for your time.