default_image

Racquet

February 6, 2024

टियु विश्वविद्यालय खेलकुद च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन विश्वविद्यालय (टियु) ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । २३ मध्ये टियु सर्वाधिक १८ स्वर्ण पदक जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । टियुले ८ रजत र ३ कांस्य पदक जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा सुदूरपश्चिम विश्वविद्यालय ३ स्वर्ण, ४ रजत र […]

February 3, 2024

सम्झना टेबलटेनिसमा वंश च्याम्पियन

काठमाडौं ( हाम्रो खेलकुद) – होप्स टेबलटेनिस एकेडेमीका वंश सिंघालले छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा स्वर्ण पदक जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार भएको पुरुष फाइनलमा वंशले आफ्नै क्लबका कृष्ण थापा मगरलाई ११–७, ११–४ र ११–८ को सोझो सेटमा पराजित गरे ।महिला सिंगल्सको उपाधि पनि होप्सकै मुनमुन कुन्डुले शुक्रबार […]

February 2, 2024

होप्सकी मुनमुनलाई टेबलटेनिसमा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)- होप्स टेबलटेनिस एकेडेमीकी मुनमुन कुन्डुले छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा स्वर्ण जितेकी छन् । सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा ललितपुर टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको शुक्रबार भएको फाइनलमा मुनमुनले लान्फाङ टेबलटेनिस एकेडेमी, चीनकी याङ याङ जियलाई ११–८, ११–८ र १३–११ को सोझो सेटमा पराजित गरिन् । […]

February 1, 2024

चीनको लान्फाङ र होप्सलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – होप्स टेबलटेनिस एकेडेमी ‘ए’ र चीनको लान्फाङ टेबलटेनिस एकेडेमीले छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको टिम इभेन्टमा बिहीबार स्वर्ण जितेका छन् । होप्स ‘ए’ पुरुष तथा लान्फेङ महिलामा पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा होप्स ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ३–० ले पराजित ग¥यो । […]

February 1, 2024

एसियाडकी पदक विजेता एरिकासहित ९ जना सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- चीनमा असोजमा सम्पन्न १९ औं एसियाली खेलकुद (एसियाड) का ३ पदक विजेतासहित ९ जना राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन्‌। युवा तथा खेलकुद मन्त्रालयले १९ एसियाडमा करातेमा‌ एतिहासिक रजत पदक विजेता एरिका गुरुङ, पारा एसियाडकी कास्य पदक विजेता पलेशा गोवर्धन, कास्य पदक विजेता कबड्डी टोलीकी कप्तान मेनुका कुमारी राजवंशी र कबड्डी टोलीकी […]

January 28, 2024

सिनरलाई अष्ट्रेलियन ओपनको उपाधि

एजेन्सी – पहिलो दुई सेट गुमाएपछि लगातार तीन सेट जितेर उत्कृष्ट पुनरागमन गर्दै इटालियन खेलाडी यानिक सिनरले अष्ट्रेलियन ओपन टेनिस २०२४ को उपाधि जितेका छन् । आफ्नो पहिलो ग्रान्ड स्ल्याम उपाधि जित्ने क्रममा सिनरले सानदार पुनरागमन गर्दै रसियन खेलाडी ड्यानिल मेडभेडेभ माथि ३-२ ले जित दर्ता गरेका हुन् । सिनर पहिलो दुई सेट ६-३, ६-३ […]

January 27, 2024

रसिला र प्रिन्स नेपालगन्ज कप ब्याडमिन्टन च्याम्पियन

नेपालगन्ज (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन र एपिएफका प्रिन्स दाहालले प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । नेपालगन्ज रंगशालास्थित कर्भड हलमा शनिबार भएको पुरुष एकलको फाइनलमा प्रिन्सले आर्मीका कविर केसीलाई २१ –७, २१–१४ को सोझो सेटमा हराए । नेपाल प्रहरीका जीवन आचार्य र एपिएफका अमन महर्जन् संयुक्त रुपमा तेस्रो […]

January 27, 2024

साग लक्षित टेबलटेनिसको प्रशिक्षण सुरु हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – टेबलटेनिसका नवनियुक्त मुख्य प्रशिक्षक राजेन्द्र कपालीको पहलमा टेबलटेनिसको राष्ट्रिय टिम तयारी प्रशिक्षण आइतबारदेखि सुरु हुने भएको छ । ‘मिसन साग’ नाम दिइएको तयारी प्रशिक्षणको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार उद्घाटन गरे । महिला/पुरुषमा शीर्ष १६–१६ वरियताका खेलाडीलाई प्रशिक्षणमा समावेश गरिएको मुख्य प्रशिक्षक कपालीले जनाएका छन् । प्रशिक्षण लैनचौरस्थित राष्ट्रिय […]

January 25, 2024

नेपालगन्जमा राष्ट्रिय ब्याडमिन्टन सुरु

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्जमा प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आज सुरु भएकोछ । माघ १३ गतेसम्म चल्ने प्रतियोगितामा पाँच वटा विधा राखिएको छ । जसमा पुरुष एकल खुल्ला, पुरुष युगल, महिला एकल, पुरुष युगल ‘बी लेभल’ र ४५ प्लस भेट्रान्स डबल्स रहेको छ। पुरुष एकलका विजेताले नगद ७० हजार, दोस्रोले ३५ हजार तथा तेस्रो […]

January 22, 2024

सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस अर्को साता

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर टेबलटेनिस क्लबको आयोजना तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा अर्को साता छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने भएको छ । माघ १६ गते सुरु हुने प्रतियोगितामा ३ सय ९० खेलाडीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष उर्दीप जोशीले जानकारी गराए । त्यसमा भारतबाट १६ पुरुष र ८ महिला […]

Success

Thank you for your time.