default_image

पौडी

August 25, 2022

२५औं खुल्ला पौडी प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर राख्दै नेपाल पौडी संघले २५औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ । असोज ६ देखि ८ गतेसम्म आयोजना हुने प्रतियोगितामा उमेर समूह र खुला गरि दुई समूहमा प्रतिस्पर्धा गर्न लागिएको संघले जनाएको छ । जसमा उमेर समूहतर्फ छात्र र […]

August 3, 2022

गौरिकालाई हाम्रो खेलकुद सर्वकालीन सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– हाम्रो खेलकुद डट कमले तीन वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सर्वाधिक पदक विजेता पौडी खेलाडी गौरिका सिंहलाई हाम्रो खेलकुद सर्वकालीन सम्मान प्रदान गर्ने भएको छ । हाम्रो खेलकुदको सातौं वार्षिकोत्सवका अवसरमा बिहीबार सम्मान गर्न लागिएको हो । आ आफ्नो समयमा खेलकुदलाई विशेष योगदान पुर्याउने सात […]

July 12, 2022

नासिर र डुवानाको नयाँ कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – पौडी खेलाडी नासिर याह्या हुसेन र डुवाना लामाले राष्ट्रिय कीर्तिमान राखेका छन् । नेपाल पौडी संघको आयोजनामा भएको दसौं एन.एस.ए. कप खुला तथा उमेर समूह प्रतियोगितामा नासिर र डुवानाले मंगलबार कीर्तिमान राखेका हुन् । नासिर र डुवाना दुवैले दुई वटा कीर्तिमान बनाएका हुन् । नासिरले १ सय मिटर ब्याकस्ट्रोक १ मिनट […]

July 11, 2022

नासिरलाई थप तीन स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नासिर याह्या हुसेनले १०औं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा थप ३ स्वर्ण जितेका छन् । योसँगै उनले यस प्रतियोगितामा ५ स्वर्ण हात पार्न सफल भएका छन् । नेपाल पौडी संघको आयोजनामा सातदोबाटोस्थित पौडी पोखरीमा भइरहेको प्रतियोगितामा नासिरले सोमबार २०० मिटर फ्रिस्टायल, १०० मिटर ब्रेष्ट स्ट्रोक र १०० मिटर […]

July 10, 2022

नासिर र निभालाई दोहोरो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नासिर याह्या हुसेन र निभा मास्केले १०औं एनएसए कप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा पहिलो दिन दोहोरो स्वर्ण हात पार्न सफल भएका छन् । नेपाल पौडी संघले आयोजनामा आइतबारदेखि सातदोबाटोस्थित पौडी पोखरीमा शुरु भएको प्रतियोगितामा नासिरले २०० मिटर इन्डिभिजुअल मिड्ले र १०० मिटर फ्रि स्टाइलमा स्वर्ण जित्न सफल भएको हो […]

July 9, 2022

भोलिदेखि हुने एनएसए पौडीको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पौडी संघको बार्षिक कार्यक्रम अनुसारको १० औं एन.एस.ए. कप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता भोली आईतबार हुने भएको छ । प्रतियोगितामा ५४ स्वर्ण पदकका लागि ८४ महिला तथा १३७ पुरुष गरि कुल २२१ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा जुनियर खेलाडीहरुको हौसला अभिबृद्धि गर्ने उद्धेश्यले जुनियर विधाका १० […]

July 7, 2022

गौरिकासहित पदक विजेता सम्मानित हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पौडी संघले सन् २०१९ मा काठमाडौंमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) मा कीर्तिमानी पदक जित्ने गौरिका सिंहसहितका खेलाडीलाई सम्मानित गर्ने निर्णय गरेको छ । संघले संघको बार्षिक कार्यक्रम अनुसारको १०औं एनएसए कप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता दौरान आफ्ना पदक विजेता महिला खेलाडीलाई नगदसहित सम्मानित गर्ने निर्णय गरेको […]

June 19, 2022

नासिर र दुवानाको राष्ट्रिय किर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पौडीवाज नासिर हुसैन र दुवाना लामाले हंगेरीमा जारी १९औं फिना विश्व पौडी च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । बुडापेस्टमा आइतबार भएको पुरुष २०० मिटर फ्रि स्टाईल हिट्समा उनले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । उनले निर्धारित दूरी २ मिनेट ००.९९ सेकेण्डमा पुरा गर्दै यसअघिको राष्ट्रिय किर्तिमान भंग गरेका हुन् […]

June 14, 2022

नासिर र डुवानाले विश्व पौडी च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालबाट १९औं फिना विश्व पौडी प्रतियोगितामा दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि १-१ पुरुष-महिला खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बिहीबार हंगेरीको बुढापेस्ट जाँदैछ । पुरुषमा नासिर हुसैनले २ सय मिटर फ्रि स्टायल र व्यक्तिगत मिडेलेमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । महिलामा डुवाना लामाले ५० र १ सय […]

May 8, 2022

एसियाड र विश्व पौडीका लागि खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पौडी संघले चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुद र हंगेरीको बुढापेस्टमा हुने १९औं फिना विश्व पौडी च्याम्पियनसिपका लागि खेलाडी छनोट गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बैशाख २२ र २३ गते भएको २४ औं खुला पौडी प्रतियोगिताबाट दुवै प्रतियोगिताका लागि खेलाडीको छनोट गरिएको नेपाल पौडी संघका अध्यक्ष अशोक […]

Success

Thank you for your time.