default_image

भलिबल

March 21, 2024

न्यु डायमण्डलाई हराउँदै एभरेष्ट फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– एभरेष्ट भलिबल क्लब र साविक विजेता नेपाल पुलिस क्लबबीच आठौं आरबीबी एनभिए भलिबल च्याम्पियसिपको महिलातर्फको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । चन्द्रगिरी नगरपालिका न्यु डायमण्ड महिला टिमलाई बिहीबार ३–० को सोझो सेटमा हराउँदै एभरेष्टले पुलिससँगको भेट पक्का गरेको हो । राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाहीसहित ३ भारतीय खेलाडी सम्मिलित एभरेष्टले […]

March 21, 2024

एपिएफलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– एपिएफलाई हराउँदै साविक विजेता नेपाल पुलिस क्लब आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फको फाइनलमा पुगेको छ । च्याम्पियनसिपको छैटौं दिन बिहीबार भएको पहिलो क्वार्टरफाइनलमा ३–१ को जितका साथ पुलिस उपाधि रक्षाको नजिक पुगेको हो । शनिबार हुने फाइनलमा पुलिसले चन्द्रानिगरी नगरपालिका महिला टिम वा एभरेष्ट भलिबल क्लबमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ । […]

March 20, 2024

एपिएफलाई हराउँदै गण्डकी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – स्पाइरक रवि केसीको सानदार प्रदर्शनमा विभागीय नेपाल एपिएफ क्लबलाई सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेश आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको दोस्रो क्वाटरफाइनलमा एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकीले अन्तिम चारमा स्थान […]

March 20, 2024

हेल्प नेपाल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता तथा उपाधिको बलियो दावेदार टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको पहिलो क्वाटरफाइनलमा बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपालले अन्तिम चारमा स्थान […]

March 20, 2024

न्यु डायमण्ड र एभरेष्ट सेमिफाइनलमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिम र राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीसहित ३ भारतीय खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लबबीच आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फको दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा हुने भएको छ। मधेश प्रदेशलाई‌ बुधबार ३-० को सोझो सेटमा हराएकाे न्यु डायमण्ड समूह बीको विजेता बन्दै एभरेष्टसँगको सेमिफाइनल भेट पक्का गरेको‌ […]

March 20, 2024

पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फको सेमिफाइनलमा पुगेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा जारी च्याम्पियन्सिपको पाँचौं दिन बुधबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस समूह ए को विजेताका रुपमा अन्तिम चारमा पुगेको हो। सेमिफाइनल पुगिसकेको तीन भारतीय खेलाडी सम्मिलित एभरेष्ट […]

March 19, 2024

आर्मी र गण्डकी क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा जारी प्रतियोगिताको चौथो दिन मंगलबार समूह डीमा आ आफ्नो खेल जित्दै आर्मी समूह विजेता र गण्डकी उपविजेताका रुपमा अन्तिम आठमा पुगेका हुन् । समूह चरणकै अन्तिम […]

March 19, 2024

एपिएफको सानदार पूनरागमन जित

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ तीन भारतीय खेलाडी सम्मिलित सुदुरपश्चिम प्रदेशमाथि सानदार पूनरागमन जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार सुरुवाती दुई सेट गुमाएको एपिएफले त्यसपछिको सबै तीन सेट आफ्नो पक्षमा पार्दै सानदार पूनरागमन जित निकाल्दै समूह […]

March 19, 2024

हेल्प नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब समूह ‘ए’ को विजेता बन्दै आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल समूह विजेता बन्दै अन्तिम आठमा स्थान पक्का गर्न सफल […]

March 19, 2024

पुलिससँग हारे पनि एभरेष्ट सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपमा महिलातर्फ दोस्रो खेल जितेको छ। पुलिसले मंगलबार एभरेष्ट भलिबल क्लबलाई‌ ३-२ ले हराउँदै दोस्रो जित निकालेको हो । हारका बाबजुद ३ खेलमा ७ अंक साथ एभरेष्ट सेमिफाइनलमा पुगेको छ। पुलिसले एभरेष्टलाई २५-२७, २५-१८, २७-२५,२७-२५, १५-९ ले हराएको हो । सोही समूहमा त्रिभुवन आर्मीले पहिलो […]

Success

Thank you for your time.