default_image

भलिबल

April 11, 2023

नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)– झण्डै छ सातापछि काठमाडौंमा आयोजना हुने काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल र भारत एउटै समूहमा परेका छन् । नेपाल भलिबल संघको आयोजनामा जेठ ६ देखि १५ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा हुने च्यालेन्जकपको समूह एमा नेपाल, भारतसहित बंगलादेश र कीर्गिस्तान रहेको संघले जनाएको छ । त्यस्तै समूह […]

April 9, 2023

केल्मी र न्यू डायमण्डको सहकार्य निरन्तर

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको न्यू डायमन्ड युथ स्पोर्टस क्लब र खेलकुद पोशाक निर्माण कम्पनी केल्मीबीचको सहकार्यले निरन्तरता पाएको छ । सहकार्यको तेस्रो वर्षका लागि न्यू डामण्डका अध्यक्ष तथा प्रशिक्षक कुमार राई र नेपालका लागि केल्मीको आधिकारिक विकृता कामारु ट्रेडिङका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले आइतबार सम्झौता नविकरणमा […]

April 9, 2023

उषा र रविन सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – किहुँ अरुणोदय समाज काठमाडौंले नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारी र बक्सिङका रविन थापालाई सम्मानित गरेको छ । गण्डकी प्रदेशको तनहुँ जिल्लाका साविकका गाविसहरुबाट काठमाडौं आईं बस्नेहरुले वि.स. २०७६ मा गठन गरेको संस्था किहुँ अरुणोदय समाजले उषा र रविनलाई आ–आफ्नो खेलमार्फत देशसँगै तनहुँको नामसमेत उँचो पारेको भन्दै प्रोत्साहनस्वरुप जनही […]

April 7, 2023

पोष्टबहादुर स्मृति भलिबल मंगलबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आयोजनामा प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । स्वर्गीय नेता बोगटीको सम्झनामा चैत २८ देखि बैशाख २ गतेसम्म प्रतियोगिता हुन लागेको हो । नेपाल भलिबल संघको प्राविधिक सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगितामा एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, […]

April 5, 2023

गण्डकीलाई हराउँदै एपिएफ च्याम्पियन

काठमाडौं । गण्डकी प्रदेशलाई पराजित गर्दै विभागीय नेपाल एपिएफ क्लब छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेको छ । गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ च्याम्पियन बन्न सफल भएको हो । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको मैदानमा बुधबार भएको फाइनलको पहिलो सेटमा एपिएफ २५–१७ ले सहजै विजयी हुन सफल भयो । दोस्रो सेटमा […]

April 4, 2023

गण्डकी र एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पुरुष भलिबल टोली र नेपाल एपिएफ क्लब छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । गण्डकीले पुलिसलाई तथा एपिएफले आर्मीलाई पराजित गर्दै फाइनलमा भिडन्त पक्का गरेको हो । समूह विजेता बन्दै सेमिफाइनलकाे यात्रा तय गरेका आर्मी र पुलिस सेमिफाइनलमै पराजित हुन पुग्यो । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल […]

April 3, 2023

आर्मी र पुलिस समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब समूह विजेता बन्दै छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मी समूह ‘ए’ को तथा पुलिस समूह ‘बी’ को विजेता बनेको हो । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको मैदानमा सोमबार भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई तथा पुलिसले अर्काे […]

April 3, 2023

परदेशी हातेमालोलाई एनआरएनए कप भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – परदेशी हातेमालो युएईंले दोस्रो एनआरएनए कप भलिवल प्रतियोगिता २०२३ को उपाधि हात पारेको छ । अलकुज बलेदिया मैदान दुवईमा आइतबार भएको एक दिने प्रतियोगितामा तनहुँ सेवा समाजलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । परदेशीले नेपाली राष्ट्रिय टोलीका कप्तान इम राना, विशाल विकसँगै सफल विक र जीवन […]

April 2, 2023

गण्डकी ढोरपाटन भलिबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पुरुष भलिबल टोली काठमाडौंमा जारी छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिपमा दोहोरो सफलता हात पार्दै एक खेल बाँकी छँदै सेमिफाइनलमा प्रवेश गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको मैदानमा आइतबार गण्डकीले नेपाल गणतान्त्रिक खेलकुद महासंघलाई २५–१८, २८–२६ र २५–१४ ले तथा दोस्रो खेलमा किङ्स क्लब काठमाडौंमाथि ३–२ को […]

March 31, 2023

पुलिसलाई कालिका कप भलिबलको उपाधि

अर्जुन कार्की, बागलुङ नेपाल पुलिस क्लबले कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले चैत्राष्टमी मेला २०७९ मा आयोजना गरेको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा पुलिसले घुम्टे युवा परिवार गलकोटलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । घुम्टेले पहिलो र तेस्रो सेट जितेको थियो । […]

Success

Thank you for your time.