नेपालद्वारा कुवेत ८३ रन ले पराजित


Published: September 1, 2015 | प्रकाशित: मङ्लबार, भदौ १५, २०७२

मलेसियामा जारी १९ वर्ष मुनिको एसिसी अन्डर नाइन्टीन क्रिकेट लिग प्रतियोगितामा नेपालले तेस्रो जित हात पारेको छ।

मलेसिया जांदै युवा क्रिकेट टिम

आज भएको चौथो खेलमा कुवेतलाई ९४ रनले पराजित गर्दै नेपालले तेस्रो जित हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरको नेपालले निर्धारित ओभर खेल्दा ८विकेट गुमाउदै २ सय ५१ रन बनाएको थियो । ६६ रन बनाउादा ६ विकेट गुमाएको नेपाललाई दिपेन्द्र सिंह ऐरी र सौरभ खनालले सातौ विकेटका लागि १ सय ३० रनको साझेदारी गर्दै टिमको स्कोर सम्मानजनक अवस्थामा पुर्याएका थिए । ऐरीले सर्वा्धिक ८४, खनालले ७३ र प्रेम तामाङले अविजित २३ रन बनाएका थिए । भने अन्य व्याट्सम्यान चल्न सकेनन् ।

२ सय ५१ रनको लक्ष्यका साथ जवाफी मैदानमा उत्रिएको कुवेत निर्धारित ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ६७ रनमा समेटिएको थियो ।

प्रतिकृया दिनुहोस

प्रतिकृया

Loading...