महिला विश्वकप छनोटमा नेपाल ८६ रनको लक्ष्य पछ्याउँदै


Published: October 15, 2016 | प्रकाशित: शनिबार, अशोज २९, २०७३

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी महिला विश्वकप एसिया छनोटबाट बाहिरिसकेको नेपालले आफ्नो अन्तिम खेलमा चीनविरुद्ध ८६ रनको लक्ष्य पछइरहेको छ । शनिबार टस जितेर ब्याटिङ गरेको चीनले निर्धातिर २० ओभरमा ७ विकेट गुमाएर ८५ रन बनाएको थियो ।

rubina-chhetri

चीनका लागि ओपनर जो मियो र फेगफेग सङबाहेक चाइ युडियनले दोहोरो अंकमा रन बनाएका थिए । सङले सर्वाधिक ३४ रन तथा मियोले १८ रन बनाइकी थिइन् । याडियनले १० रन जोडिन् ।
नेपालका लागि कप्तान रुविना क्षेत्रीले २ विकेट लिइन् । ४ ओभर बलिङ गरेकी उनले १० रन मात्र खर्चेकी थिइन् । निर्मला शाही र करुणा भण्डारीले समान १ विकेट लिएकी थिइन् ।
नेपालले अघिल्ला ५ मध्ये ३ खेलमा पराजित भएको थियो । शुक्रबार थाइल्यान्डसँग १ विकेटको हारसँगै नेपाल छनोटबाट बाहिरिएको थियो । नेपालले चीनसँगको पहिलो खेल जितेको थियो ।

प्रतिकृया दिनुहोस

प्रतिकृया

Loading...