अपराजित न्युडायमण्ड शिर्षस्थानमा यथावत


Published: January 9, 2017 | प्रकाशित: सोमवार, पुस २५, २०७३

काठमाडौँ  (हाम्रो खेलकुद) – १२औँ ब्लु स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा आफ्नो अपराजित यात्रा कायम राख्दै न्युडायमण्ड एकेडेमी शिर्ष स्थानमा यथावत नै छ ।

d3

न्युडायमण्ड लगातार चार जीत हात पार्दै १२ अंकका साथ लिगको शिर्ष स्थानमा छ । नयाँ बसपार्कमा सोमबार भएको तेस्रो दिनको खेलमा न्युडायमण्डले चौथो खेलमा कमजोर प्रतिद्धन्दि विजेश्वरी ज्ञानमन्दिर सैनिक स्कुललाई ३–० को सोझो सेटमा हरायो । न्युडायमण्डले विजेश्वरीमाथी २५–२,२५–३ र २५–० को सहज जित निकाल्यो ।

विभागीय टोली एपीएफले तीन खेलबाट अपराजित रहदै ९ अंक जोडेको छ । यससँगै एक खेल कम खेलको एपीएफले चिरपरिचित प्रतिद्धन्दि न्युडायमण्डलाई पछ्याइरहेको छ । एपीएफले आफ्नो तेस्रो खेलमा विभागिय प्रतिद्धन्दि पुलिसलाई ३–१ ले हरायो । पहिलो सेट २०–२५ ले गुमाएको एपीएफ खेलमा फर्कदै लगातार तीन सेट २५–१५,२५–१६ र २५–१६ ले आफ्नो पक्षमा पार्न सफल भयो । पुलिसले पहिलो खेलमा पराजय बेहोरेपनि दोस्रो खेलमा आयोजक ढोरपाटनलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले ढोरपाटनलाई २५–१२,२५–१० र २५–१७ ले हराउदै लिगमा दोस्रो जित हात पा¥यो ।

पुलिस क्लब चार खेलमा ६ अंक मात्र बटुल्दै पाँचौ स्थानमा छ । पराजित आयोजक ढोरपाटन तीन खेलमा एक जित हात पारेपनि दुई अंक जोडेको छ । उसले चण्डेश्वरीसँग भएको खेलमा ३–२ ले नतिजा आफ्नो पक्षमा पारेपछि एक अंक गुमाएको थियो । त्यस्तै रामेछापको चण्डेश्वरीले न्युडायमण्ड स्पोट्र्स क्लबलाई ३–०को सोझो सेटमा हरायो । चण्डेश्वरीले २५–२३,२५–२१ र २५–९ ले
खेल आफ्नो पक्षमा परेको थियो । चण्डेशवरी चार खेलबाट दुई जितमा ७ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । उसले आयोजकसँगको खेलमा पराजित भएपनि एक अंक बटुलेको थियो । नेपाल आर्मीले चण्डेश्वरीलाई २५–६ ,२५–१९ र २५–१० को सोझो सेटमा हरायो । चौथो स्थानमा रहेको आर्मीले ३ खेलबाट ६ अंक जोडेको छ ।

प्रतिकृया दिनुहोस

प्रतिकृया

Loading...