म्यानचेस्टर युनाइटेडको सहज जित


Published: November 25, 2016 | प्रकाशित: शुक्रबार, मंसिर १०, २०७३

हाम्रो खेलकुद – युरोपा लिगको समुह चरण अन्तर्गत भएको खेलमा म्यानचेस्टर युनाइटेडले फेयनुर्डलाई ४-०को फराकिलो अन्तरले पराजित गरेको छ।

manchester-united-captain-wayne-rooney-and-juan-mata-and-zlatan-ibrahimovic-564858

कप्तान वायन रुनिको गोलले अग्रता लिएको युनाइटेडका लागि वान माटाले दोश्रो गोल गरे। फेयनुर्डका गोलरक्षक ब्राड जोन्सले आत्मघाती गोल गरेपछि युनाइटेड तिन गोलले अगाडि बढेको थियो।

जेसी लिङ्गार्डले खेलको अन्तिम समयमा गोल गर्दै ४-०को जित सुनिश्चित गरे। जितसंगै युनाइटेड जम्मा ९ अंक जोड्दै दोश्रो स्थानमा पुगेको छ। जोर्यालाई २-०ले पराजित गरेको फेनेरबाचे भने १० अंक बोकेर शिर्ष स्थानमा छ।

युनाइटेडले समुहको अन्तिम खेल जोर्यासंग खेल्दैछ भने फेनरबाचे र फेयनुर्ड पनि भिड्दैछन्।

प्रतिकृया दिनुहोस

प्रतिकृया

Loading...