छोरा इन्जोको गोलमा जिदान खुशी


Published: December 1, 2016 | प्रकाशित: बिहिबार, मंसिर १६, २०७३

रियल मड्रीडको कोपा डेल रेको जितमा जिदानका छोरा इन्जो जिदानले गोल गर्दा रियल मड्रीडका प्रशिक्षक जिनेदिन जिदान खुशी छन ।

Zidane

रियल मड्रीडको डेब्यु खेलमा इन्जोले गोल गर्दा जिदानकोलागी त्यो विशेष क्षण रहेको कुरा रियल मड्रीड प्रशिक्षकले स्वीकार गरेका छन । खेलको दोस्रो हाल्फमा मैदान प्रवेश गर्दै मड्रीडको पहिलो टोलिसङ पहिलो पल्ट खेलेका इन्जोले ६३ मिनेटमा गोल गरेका थिए ।  त्यस खेलमा मड्रीडका धेरै युवा खेलाडिहरु खेलेका थिए । त्यस खेलमा मड्रीडका धेरै युवा खेलाडिहरु खेलेका थिए ।

“इन्जोले गोल गर्दा म अभिभावक र प्रशिक्षक दुबैको रुपमा खुशी छु । तर सबै भन्दा महत्वपुर्ण कुरा भनेको हामिले खेलबाट हाम्रो लक्ष्य पुरा गर्यौ । ” , जिदानले भने ।

मड्रीडमा प्रशिक्षक जिदानको किर्तिमान 

त्यस्तै कोपा डेल’रेमा जित्दा जिदानले एन्सेलोटिको रेकर्ड पनि तोडे । लगतार ३२ खेलमा हारबिहिन रहेको मड्रीडले अघिल्लो पटक ३२ खेलअघी वोल्फ्स्बर्ग सङ च्याम्पियन्स लिगमा २-० को पराजय भोगेको थियो । ३२ खेलमा जिदानको मड्रीडले २४ जित र ८ बराबरी खेलेको छ ।

प्रतिकृया दिनुहोस

प्रतिकृया

Loading...