चेल्सीको जितमा फेरी पनि कोस्टा नायक


Published: December 11, 2016 | प्रकाशित: आइतवार, मंसिर २६, २०७३

लन्डन (एजेन्सी)– चेल्सी पुनः प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । आइतबार वेस्ट ब्रुमवीचलाई १–० ले हराउँदै चेल्सी आर्सनललाई उछिन्दै पहिलो स्थानमा उक्लेको हो । ७६ औं मिनेटमा डिएगो कोस्टाले गरेको गोलनै खेलको निर्णायक बनेका थियो।

costa

गत महिना टोलीले लगातार ३ खेल जित्दा कोस्टाले २ गोल गर्नुका साथै २ गोलका लागि असिस्ट गरेका थिए । त्यसै कारण उनी नोभेम्बरको एफए प्लेयर अफ दी मन्थबाट सम्मानित भएको थिए । जारी लिगमा कोस्टाको त्यो १२ औं गोल हो । निर्णायक गोलअघि कोस्टाले खेलमा खासै प्रभाव जमाउन सकेका थिएनन् ।

१५ खेलपछि चेल्सीको ३७ अंक पुगेको छ । दोस्रो स्थानमा झरेको आर्सनलको ३४ अंक छ । शनिबार आर्सनलले स्टोकलाई ३–१ ले हराएको थियो । एक खेल कम खेल्दै ३० अंकसहित तेस्रो स्थानमा रहेको लिभरपुलले आजै वेस्ट ह्याम युनाइटेडसँग खेल्दैछ । त्यसअघि म्यानचेस्टर युनाइटेड र टोटेनह्याम तथा साउथ ह्याम्टन र मिडल्स ब्रो बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिकृया दिनुहोस

प्रतिकृया

Loading...