अघि बढ्दै म्यानचेस्टर युनाइटेड


Published: January 11, 2017 | प्रकाशित: बुधबार, पुस २७, २०७३

म्यानचेस्टर (एजेन्सी)– जाजे माउरिन्हो म्यानचेस्टर युनाइटेडलाई पहिलो महत्वपूर्ण उपाधि दिलाउने अभियानको एक कदम अघि बढेका छन् । हुवा माटा र मारोउने फिलानीले गोल गरेपछि इएफएल कप सेमिफाइनलको पहिलो लेगमा मंगलबार युनाइटेडले हल सिटीलाई २–० ले हराएको छ ।

mata
खेलको ५८ औं मिनेटमा माटाले हेरिक मखिटारिनको पासमा माटाले गोल गरेका थिए । परिवर्तित फिलानीले खेल सकिन ३ मिनेट बाँकी रहँदा माटेउ डारिमयनको क्रसमा गोल गर्दै टोलीको जितलाई निश्चित पारे । युनाइटेड र हलबीच सेमिफाइनलको दोस्रो लेग जनवरी २६ मा हुनेछ ।

प्रतिकृया दिनुहोस

प्रतिकृया

Loading...