सीएमसी भरतपुर गोल्डकप–२०७२ को क्वाटरफाइनल समीकरण पूरा


Published: August 25, 2015 | प्रकाशित: मङ्लबार, भदौ ८, २०७२

भरतपुर, ८ भदौ

भरतपुरमा जारी पहिलो सीएमसी भरतपुर गोल्डकप–२०७२ को मंगलबारको खेलमा विजयी हुादै अभिषेक चर्च रजहर क्वाटरफाइनल प्रवेश गरेको छ । गैंडाकोट खेलकुद समितिलाई २–० गोलअन्तरले पराजित गर्दै अभिषेक चर्चले अघिल्लो यात्रा तय गरेको हो । उसका लागि रवि क्षेत्री र राजकुमार सेनले समान एक–एक गोल गरे । उत्कृष्ट प्रदर्शन गर्ने अभिषेक चर्चका विमल बस्नेत म्यान अफ दी म्याच घोषित भए ।

सीएमसी भरतपुर गोल्डकप–२०७२ को क्वाटरफाइनल समीकरण पूरा
सीएमसी भरतपुर गोल्डकप–२०७२ को क्वाटरफाइनल समीकरण पूरा

मंगलबारको खेलसगै भरतपुर गोल्डकपमा क्वाटरफाइनलको समीकरण पूरा भएको छ । अब अभिषेक चर्चले सेमीफाइनल प्रवेशका लागि आगामी भदौ १२ गते वीरगञ्ज युथ एकेडेमीको सामना गर्नेछ । वीरगञ्ज युथ एकेडेमी भने बाई पाएर सिधै क्वाटरफाइनल पुगेको टिम हो । त्यसअघि वुधबार भदौ ९ गतेको पहिलो क्वाटरफाइनलमा नारायणगढ फुटबल क्लबले माडी बसन्तपुर फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ भने भदौ १० गते भरतपुर फुटबल क्लबले टााडी र ११ गते रुपन्देही–११ ले योङ स्टार कावासोतीको सामना गर्नेछन् । भदौ ५ गतेदेखि सुरु प्रतियोगितामा १२ टिम सहभागी थिए । विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाा पुरस्कार पाउनेछ । प्रतियोगिता संयुक्त एम्बुलेन्स चालक संघ नेपालको आयोजना तथा भरतपुर फुटबल क्लबको सहआयोजनामा सञ्चालन गरिएको हो ।

प्रतिकृया दिनुहोस

प्रतिकृया

Loading...