बिक्रम लामा इन्डोनेसियाली क्लब मदुरा युनाइटेडमा प्रशिक्षण गर्दै


Published: March 23, 2016 | प्रकाशित: बुधबार, चैत्र १०, २०७२

नेपाली राष्ट्रिय टोलीका भरपर्दा मिडफिल्डर बिक्रम लामा मदुरा युनाइटेड फुटबल क्लबमा प्रशिक्षण गर्दै आएका छन्|

Bikram Lama Madura United

सागमा नेपाललाई स्वर्ण पदक जिताउन महत्वपूर्ण भूमिका खेलेका बिक्रम केहि साता अघि इन्डोनेसिया पुगेका थिए| उनलाई अरु केहि क्लबले पनि चाहेको तर मदुरा युनाईटेडसंग भने  केहि अगाडी कुरा बढेको बुझिएको छ| उनीसंगै मदुरमा विगत छ वर्षदेखी इन्डोनेसियामा खेल्दै आएका जापानि मिडफिल्डर मत्सुनागा पनि रहेका छन्|

थ्री स्टारबाट राष्ट्रिय लिग जिते यता उनले कुनै क्लबबाट फुटबल खेलेका छैनन्|

उनको कुन क्लबबाट खेल्नेबारे टुंगो लग्न अझै केहि दिन लाग्ने बुझिएको छ|

प्रतिकृया दिनुहोस

प्रतिकृया

Loading...