२२ बर्षपछी फूटबलमा सफलता; जित्यो साफ यु-१९


Published: August 30, 2015 | प्रकाशित: आइतवार, भदौ १३, २०७२

नेपालले पहिलो यू–१९ साफ च्याम्पियनसिपको उपाधि जित्दै २२ वर्ष लामो उपाधि खडेरी टारेको छ । भारत विरुद्ध विहिबार भएको रोमााञ्चक फाइनलमा ट्राइबेकरमा ५–४ गोल अन्तरले जित निकाल्दै नेपाल विजेता बन्न सफल भएको हो ।

नेपाली टोली ट्रफी उचालेपछी टिम फोटो खिच्दै ।
नेपाली टोली ट्रफी उचालेपछी टिम फोटो खिच्दै ।

पहिलो हाफको सूरुवातबाटनै दबाब दिन नेपाली टिम सफल भएको थियो । नेपालले ३१ औं मिनेटमा सुनिल बलको कर्नरलाई अन्नत तामाङको हेडलाई भारतीय गोलरक्षक सायक बराइले वान टच समाउन नसकेपछि पाएको बललाई तेज तामाङले पोष्टको दिशा दिएपछि नेपाल सुरुवाती अग्रता हासिल गर्न सकेको थियो । पहिलो तथा दोस्रो हाफको अधिकासं समय नेपालले बललाई आफ्नो नियन्त्रणमा राखेपनि खेलको अन्ततीर आफ्नो लय गुमाएपछि निर्धारित समयमकै जितबाट भने नेपाल विमुख भयो । इन्जर्ड भएर मैदानमा उत्कृष्ट प्रदर्शन गरेका अञ्जन विष्ट मैदानबाट बाहिरिए भने विमल पनि मैदान छाड्न पुगेपछि नेपाल डिफेन्सीभ अवस्थामा धकेलिएको थियो । यस्तोमा विमलको स्थानमा मैदान प्रवेश गरेका दिनेश राजबंशीले खेल सकिन ३ मिनेट बांकि हुंदा ह्यान्ड गरेपछि भारत पेनल्टी मार्फत खेललाई बराबरी गर्न सफल भएको थियो । बराबरी पछि दुबै टिमिले गोल गर्न नसकेपछि खेलको निर्णय ट्राइबेकरबाट लिएको थियो । जसमा नेपालका गोलरक्षक सोजित गुरुङले भारतका मोइनुदिनको पहिलो प्रहार बचाए । जुन प्रहारनै निर्णयक बन्यो । त्यसपछि नेपाल र भारतका सबै खेलाडिले गोल गरेपछि समग्रमा नेपाल ५–४ ले विजयी भयो ।

विजयी भएपछि नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनले खेलाडिको मेहेनत र आफुहरुले गरेको अभ्यासले सफल्ता प्राप्त गरेको बताए । उनले आफुले खेलाडि हुंदा सागको उपाधि जितेको र आज प्रशिक्षकको रुपमा उपाधि जित्न पाउंदा निकै खुशिलागेकोा बताए । उनले आफ्नो जित सम्पुर्ण भुकम्पपिडीत तथा एन्फाका पुर्व कार्यवाहक अध्यक्ष ललित कृष्ण श्रेष्ठप्रति समिर्पित गरेका थिए । जित पछि उत्साहि देखिएका श्रेष्ठले जितले अब एएफसि छनोटमा बलिाये मनोवल भएको भन्दै त्यसमा राम्रो गर्ने चुनौती थपिएको बताए ।

त्यस्तै भारतीय प्रशिक्षक सायिद सविर पासाले नेपाल विरुद्ध राम्रो प्रदर्शनका बाबजुत समयमानै गोल हुन नसक्दा निर्धारित समयमानै खेलमा फर्कन नसिकीएको बताए । उनले नेपाली गोलरक्षकले निकै उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाललाई बधाई दिएका थिए ।

प्रतिकृया दिनुहोस

प्रतिकृया

Loading...