यासोकमा पहिलो कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबल हुने ।


Published: April 7, 2016 | प्रकाशित: बिहिबार, चैत्र २५, २०७२

दिपक बोहोरा , पाँचथर
जिल्लाकै एतिहासिक  तथा पर्यटकीय यासोक बजारमा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबल हुने भएको छ ।

 

परापूर्वकाल बाट लागदै आएको तङसुम तङनाम त्रिशाली मेलाको अबसरमा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबल हुने भएको छ ।  यासोक क्षेत्रबाट गणेश लाबती जस्ता खेलाडी उत्पादन भए पनि अहिले सम्म ठुला प्रतियोगिता नभएको हुँदा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकपको आयोजना गर्न लागीएको आयोजकले पत्रकार समेलनमा बताए ।

बैशाख ४ गते  देखि बैशाख १० सम्म सञ्चाल हुने खेलमा आयोजक  यासोक सहित भारत , भुटान र पुर्वाञ्चल क्षेत्रका फुटबल टिम सहभागी हुने मेला व्यबस्थापन समितीका अध्यक्ष देवेन्द्रकुमार लावतीले जानकारी दिए ।

कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकपमा प्रथमहुने टोलीले १ लाख ५० हजार  र द्धितिय हुने टिमले ७५ हजार  रुपैया प्राप्त गर्ने आयोजकले जानकारी दिए । खेल सञ्चालनका निम्ति अनुमानित २५ लाख रुपया लाग्ने थापाले जानकारी दिए ।

फुटबल संगै  प्रथम कुभ्भायक कुस्सायक नकआउट भलिबल प्रतियोगिता पनि सञ्चालन हुने आयोजकले बताए । भलिबल तर्फ प्रथम टिमले रु ४० हजार र द्धितिय हुने टिमले रु २५ हजार प्राप्त गर्ने आयोजकले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

प्रतिकृया

Loading...