मेस्सी फिट हुँदै , अर्को खेलमा फर्किन सक्ने


Published: October 14, 2016 | प्रकाशित: शुक्रबार, अशोज २८, २०७३

अर्जेन्टिनी फुटबलर लियोनल मेस्सी ला लिगाको अर्को खेलमा डिपोर्टिभो बिरुद्ध मैदानमा उत्रन सक्ने छन ।

messi-training

सेप्टेमबरमा एथ्लेटिको म्याड्रीड बिरुद्ध खेल्दा इन्जुरिका कारण मैदान बाहिर निस्कन बाध्य मेस्सिले यस साता देखी हलका प्रशिक्षणमा फर्केका थिए । ग्रोइन इन्जुरिका कराण बाहिर रहेका मेस्सी करिब ३ साता पछी प्रशिक्षणमा फर्केका हुन ।

बार्सिलोनाले शनिबार क्याम्प नोमा डेपोर्टिभोलाइ निम्त्याउदै छ, तर त्यसको ४ दिन पछी म्यान्चेस्टर सिटिसङ च्याम्पियन्स लिगको खेल भएका कारण लुइस इन्रीकेले मेस्सिलाई मैदानमा ल्याउन हतार गर्ने छैनन ।

प्रतिकृया दिनुहोस

प्रतिकृया

Loading...