ग्यारेथ बेल पुनः वेल्सका उत्कृष्ट बर्ष खेलाडी


Published: November 9, 2016 | प्रकाशित: बुधबार, कार्तिक २४, २०७३

वेल्स (एजेन्सि)

रियाल मड्रीड फर्वर्ड ग्यारेथ बेल लगातार चौथो पटक वेल्सका उत्कृष्ट बर्ष खेलाडी भएका छन । यस उपाधिमा कब्जा गरेको बेलले यो छैठौ पटक हो ।

gareth-bale

२०१० देखी लगतार उक्त सम्मान पाएका बेल बाहेक २०१२ मा मिड्फिल्डर जो एलेनले सो उपाधी पाएका थिए । यसपाली स्टोक सिटिका मिड्फिल्डर जो एलेन खेलाडी र समर्थकको  उत्कृष्ट बर्ष खेलाडीमा छानिए । एक्स्टर सिटिका इथान अम्पडु उत्कृस्ट युवा खेलाडी घोषित भए ।

त्यस्तै लिभरपुलबाट खेल्ने नताशा हार्डडिङ बर्षको उत्कृस्ट महिला खेलाडी भइन ।

प्रतिकृया दिनुहोस

प्रतिकृया

Loading...