ह्यान्डबल – महिलामा एपिएफ र पुरुषमा सेनालाई स्वर्ण


Published: December 30, 2016 | प्रकाशित: शुक्रबार, पुस १५, २०७३

सातौं राष्ट्रिय खेलकुद

विराटनगर (हाम्रो खेलकुद)– ह्यान्डबलमा नेपाली सेनाको आर्मी क्लबले पुरुष र एपिएफले महिलामा स्वर्ण पदक जितेको छ ।

handball

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७३ को अन्तिम दिन शुक्रबार टंकीसिनवारीस्थित बाँसबारीमा भएको प्रतियोगिताको फाइनलमा महिलामा एपिएफले क्लबलाई १८–१३ ले हराउँदै स्वर्ण पदक जितेको थियो । मध्यमाञ्चललाई हराउँदै पश्चिमाञ्चलले कांस्य पदक प्राप्त ग¥यो ।
पुरुष तर्फको फाइनलमा आर्मीले एपिएफलाई २८–२७ गोलले हरायो । निर्धारित समय दुवै तर्फबाट २५–२५ गोलको बराबरी भए पछि थप गरिएको १० मिनटको खेलमा आर्मीले जित हात पारेको हो । पुरुषतर्फ पश्चिमाञ्चलले कांस्य पदक जितेको छ ।

प्रतिकृया दिनुहोस

प्रतिकृया

Loading...