न्यौपानेलाई स्कलर्शहोम पत्रकारिता सम्मान


Published: January 1, 2017 | प्रकाशित: आइतवार, पुस १७, २०७३

बटौली (हाम्रो खेलकुद) – खेलकुद पत्रकार दिपक न्यौपाने स्कलर्शहोम पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । बिद्यालयको खेलकुद र शिक्षा क्षेत्रमा कलम चलाउने एक पत्रकारलाइ बार्षिक रुपमा सम्मान गर्ने उद्देश्यका साथ यसै बर्ष स्थापित पुरस्कारबाट न्यौपाने सम्मानित भएका हुन् ।

deepak

सबल नेपाल साप्ताहिक,बुद्ध टिभि,हाम्रो खेलकुद र सबल नेपाल अनलाइन टिभिमा आबद्ध पत्रकार न्यौपाने ७ बर्षदेखी बुटवललाइ कार्यक्षेत्र बनाइ पत्रकारिता गरिरहेका छन् ।

स्कलर्श होम इङ्लिस बोडिङ स्कुलको रजत महोत्सवका अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्रालयका सहसचिब टेकनारायण पाण्डे,विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष मनहरी बस्यालले न्यौपानेलाइ ५ हजार रुपैयाँ तथा सम्मानपत्रले सम्माति गरेका थिए । कार्यक्रममा पूर्व कर्मचारी, पूर्व शिक्षक, पूर्व प्राचार्य, विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

प्रतिकृया

Loading...