सरकारले भट्टराई र खड्काको परिवारलाई १० लाख दिने


Published: January 5, 2017 | प्रकाशित: बिहिबार, पुस २१, २०७३

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सरकारले सातौं राष्ट्रिय खेलकुदको दौरान मृत्यु भएका फुटबल प्रशिक्षक बासुदेव भट्टराई र कालिकोट जिल्ला खेलकुद कार्यालयका प्रमुख कर्ण खड्काको परिवारलाई आर्थिक सहयोग गर्ने बिहीबार  निर्णय गरेको छ ।

imagesयुवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीको सिफारिसमा सरकारले भट्टराई र खड्काको परिवारलाई १०/१० दिने निर्णय गरेको छ । मध्यपश्चिम क्षेत्रबाट खेलकुदको विकासमा योगदान गरिरहेका भट्टराई र खड्काको असामयिक निधनले ठूलो क्षति भएको उल्लेख गर्दै मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितीका अध्यक्ष भीम ओलीले सरकारको उहाँहरुको सम्मानलाई परिवारलाई आर्थिक सहयोग गर्ने निर्र्णय स्वागत योग्य भएको बताए ।

पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदको तयारीको क्रममा भट्टराईको हृदयघातका कारण मृत्यु भएको थियो । खड्काको दुर्घटनामा परेर मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

प्रतिकृया

Loading...