६ सदस्यीय पौडी टोली श्रीलंका जाँदै


Published: October 16, 2016 | प्रकाशित: आइतवार, अशोज ३०, २०७३

काठमाडौं (हाम्रो खेलकुद) –श्रीलंका हुने दक्षिण एसियाली अक्वेटिक च्याम्पियनसिपमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । मंगलबारबाट कोलम्बोमा सुरु हुने प्रतियोगितामा नेपालका ४ खेलाडीले भाग लिने भएका छन् । नितेश मानन्धर, देवेश मानन्धर, अनुभव सुब्बा र सुभम श्रेष्ठले अलग अलग इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

4-2

पौडी प्रमुख प्रशिक्षक ओङ्गदेन लामा टोलीको प्रशिक्षक र नेपाल पौडी संघका सदस्य पारश श्रेष्ठ टोलीको व्यवस्थापक रहेका छन् । प्रतियोगितामा नितेशले ५० र १ सय मिटर फ्रिस्टायल, २ सय मिटर ब्रेस्टस्ट्रोक र ५० मिटर ब्याकस्ट्रोक, देवेशले ५०, १ सय , २ सय र ४ सय मिटर फ्रिस्टायल, ५० मि बटरफ्लाई, ५०, १ सय र २ सय मिटर ब्याकस्ट्रोक तथा २ सय मिटर व्यक्तिगत मिड्ले, अनुभवले ५०, १ सय र ४ सय मिटर फ्रिस्टायल, १ सय मिटर बटरफ्लाई, ५०, १ सय र २ सय मिटर ब्याकस्ट्रोक तथा २ सय मिटर व्यक्तिगत मिड्लेमा प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै सुभमले ५० मिटर फ्रिस्टायल, ५०, १ सय र २ सय मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् । पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले आइतबार विदाई गरेको पौडी टोली मंगलबार त्यसतर्फ जानेछ ।

प्रतिकृया दिनुहोस

प्रतिकृया

Loading...