असिम र सोनिरा विवाह बन्धनमा बाँधिने


Published: October 24, 2016 | प्रकाशित: सोमवार, कार्तिक ८, २०७३

काठमाडौं (हाम्रो खेलकुद)

asim-engagement

दुई अलग अलग खेलका राष्ट्रिय खेलाडीबीच अर्को महिना विवाह हुने भएको छ । फुटबलका asim-engagement-standअसिमजंग कार्की र पौडी तथा ट्राइथोलनकी खेलाडी सोनिरा विष्टबीच आइतबार इंगेजमेन्ट भएको छ ।

 

इंगेजमेन्टमा दुई परिवारका सदस्य, इष्टमित्र र साथीहरुको उपस्थिति थियो । भक्तपुरका असिम र ललितपुर डोलाहिटीकी सोनिराबीच एक बर्षदेखि प्रेम सम्बन्ध थियो ।

सन् २०१४ को इन्चोन एसियन खेलकुदमा सहभागी हुँदा चिनजान गरेका उनीहरु पछिल्लो एक बर्षदेखि उनीहरु प्रेम सम्बन्ध छन् । मंसिर १६ गते यी दुई विवाह बन्धनमा बाँधिनेछन् ।

प्रतिकृया दिनुहोस

प्रतिकृया

Loading...