default_image

5 years ago

April 11, 2019

फेन्सिङ : आर्मीलाई ३ स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत चौथो राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पहिलो दिन बुधबार आर्मीले ३ स्वर्ण जितेको छ । नेपालगन्ज रंगशालाको कभर्डहलमा भएको प्रतियोगिताको महिला व्यक्तिगत इपीमा आर्मीकी इन्दिरा पौडेलले स्वर्ण जितिन् । फाइनलमा इन्दिराले एपीएफकी जानुका स्याङ्तानलाई १५–८ ले पराजित गरिन् । एपीएफकाद्वय अनिता कार्की र पूजन कुमालले कांस्यमा चित्त बुझाए । महिला […]

49 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत चौथो राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पहिलो दिन बुधबार आर्मीले ३ स्वर्ण जितेको छ ।

नेपालगन्ज रंगशालाको कभर्डहलमा भएको प्रतियोगिताको महिला व्यक्तिगत इपीमा आर्मीकी इन्दिरा पौडेलले स्वर्ण जितिन् । फाइनलमा इन्दिराले एपीएफकी जानुका स्याङ्तानलाई १५–८ ले पराजित गरिन् । एपीएफकाद्वय अनिता कार्की र पूजन कुमालले कांस्यमा चित्त बुझाए ।

महिला व्यक्तिगत साबरमा आर्मीकी कमला श्रेष्ठले फाइनलमा आफ्नै क्लबकी अस्मिता बस्नेतलाई १५–१० ले हराउदै शीर्ष स्थान कब्जा गरिन् । प्रदेश ३ की शिक्षा नापित र आर्मीकी रविना थापा तेश्रो भए ।

पुरुष व्यक्तिगत फोइल स्पर्धामा आर्मीका जलिन्द्रबहादुर शाही विजेता बने । उनले फाइनलमा आर्मीकै राजनराज खड्को चुनौती १५–११ ले पन्छाए । एपीएफका ज्ञानेन्द्र तिम्सिना र शेरबहादुर ऐरी तेश्रो स्थानमा रहे ।

प्रतियोगिताको संघीय सांसद नन्दलाल रोकायाले एक कार्यक्रमबीच शुभारम्भ गरे । प्रतियोगितामा पुरुष-महिलातर्फ व्यक्तिगत र टिममा समान ६–६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । प्रदेश १, ३, ४ र ७ तथा आर्मी, प्रहरी र एपीएफका जम्मा १ सय २९ खेलाडी सहभागी छन् ।

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

April 16, 2024

हाइजम्पमा गणेशको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा‌ गण्डकी प्रदेशका गणेश विकले १४औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत हाइजम्पमा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान सहित स्वर्ण पदक जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको स्पर्धामा गणेशले १ दशमलव ८१ मिटर जम्प गर्दै नयाँ रेकर्ड आफ्नो नाममा लेखाए। उनले २०७५ सालमा लुम्बिनीका प्रभु थारुले बनाएको […]

April 14, 2024

बागमती अन्तर प्रदेश खेलकुदमा टिम च्याम्पियन

हेटौंडा (हाम्रो खेलकुद) – बागमती प्रदेश प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको अन्तरप्रदेश खेलकुदमा ६१ स्वर्ण पदक जित्दै बागमती च्याम्पियन बनेको हो । बागमतीले ४३ रजत र ३६ कांस्य पदकका साथ कुल १ सय ४० पदक जितेको छ । त्यस्तै २१ स्वर्ण, २१ रजत र […]

Success

Thank you for your time.