default_image

5 years ago

April 14, 2019

स्क्वास : कृष्णाको चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला राउन्ड रोविन लिगमा गण्डकी प्रदेशकी कृष्णा थापाले लगातार चौथो जित हात पारेकी छन् । कृष्णाले प्रदेश ३ की विपना ब्लोनलाई ३–११, ११–६, ११–७, ७–११ र ११–६ को सेटमा पराजित गरिन् । ६ खेलाडी सहभागी राउन्ड रोविन लिगमा डिफेन्डिङ च्याम्पियन प्रदेश ३ की भावना […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला राउन्ड रोविन लिगमा गण्डकी प्रदेशकी कृष्णा थापाले लगातार चौथो जित हात पारेकी छन् ।

कृष्णाले प्रदेश ३ की विपना ब्लोनलाई ३–११, ११–६, ११–७, ७–११ र ११–६ को सेटमा पराजित गरिन् । ६ खेलाडी सहभागी राउन्ड रोविन लिगमा डिफेन्डिङ च्याम्पियन प्रदेश ३ की भावना सुनुवारले चारै खेल जितेकी छन् ।

अब सोमबार हुने कृष्णा र भावनाबीचको खेलले उपाधि विजेताको टुंगो लाग्ने छ । पुरुष टिममा प्रदेश ३ ले एपीएफ तथा गण्डकीले प्रदेश १ लाई समान २–० को सोझो सेटमा पाखा लगाउदै उपाधि भेट पक्का गरे । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

April 16, 2024

हाइजम्पमा गणेशको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा‌ गण्डकी प्रदेशका गणेश विकले १४औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत हाइजम्पमा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान सहित स्वर्ण पदक जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको स्पर्धामा गणेशले १ दशमलव ८१ मिटर जम्प गर्दै नयाँ रेकर्ड आफ्नो नाममा लेखाए। उनले २०७५ सालमा लुम्बिनीका प्रभु थारुले बनाएको […]

April 14, 2024

बागमती अन्तर प्रदेश खेलकुदमा टिम च्याम्पियन

हेटौंडा (हाम्रो खेलकुद) – बागमती प्रदेश प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको अन्तरप्रदेश खेलकुदमा ६१ स्वर्ण पदक जित्दै बागमती च्याम्पियन बनेको हो । बागमतीले ४३ रजत र ३६ कांस्य पदकका साथ कुल १ सय ४० पदक जितेको छ । त्यस्तै २१ स्वर्ण, २१ रजत र […]

Success

Thank you for your time.