6 years ago
June 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मोहनबहादुर बस्नेतको अध्यक्षतामा १३ सदस्यीय नेपाल नेटबल संघको केन्द्रिय समिति शनिबार निर्विरोध चयन भएको छ । संघको दोस्रो साधारण सभाले नागर्जुन नगरपालिकाका मेयर बस्नेतलाई निर्वारोध अध्यक्ष निर्वाचित गरेको हो ।

उपाध्यक्षमा महेश नेपाली,अनिता बिन्दु,राजु बमनु,जनक प्रसाद न्यौपाने र शैलेन्द्र चीलुवाल चयन भएका छन् । महासचिवमा दीपक लामा, सचिवमा सुजाता थापा, कोषाध्यक्षमा अन्जना सिवाकोटी र सह–कोषाध्यक्षमा बुद्ध तामाङ चयन भए ।
सदस्यमा अच्यूतराज गौतम, प्रगति खड्का, उत्तम जोशी, रन्जिता थापा, तिलकबहादुर चौधरी र सविन तामाङ निर्वाचित भए ।
साधारणसभाले १९ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । समितिमा लोकेन्द्र शेरचन, विल्सन प्याट्रिक, डा। बुद्धिमान श्रेष्ठ, कर्णेल ज्ञानहरि श्रेष्ठ, कृष्णप्रसाद सापकोटा, राजुप्रसाद कँडेल, रोशन सिंह, निर्मल थापा, सरिता ज्ञवाली छन् ।
त्यस्तै श्यामकृष्ण खड्का, दुर्गाप्रसाद गौतम, भुवन गिरी, नारायणप्रसाद तिमल्सिना, रामेश्वर लामा, कृष्ण विक, युपी लामिछाने, बलराम राई, हरेन्द्र लावती र नेपाल ओलम्पिक कमिटीका उप–महासचिव राजीव श्रेष्ठ सल्लाहकार समितिमा छन् ।

निर्वाचित पदाधिकारी र सदस्यलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निवर्तमान सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे । अध्यक्ष बस्नेतले खेलकुदको विकास र विस्तारमा नागर्जुन नगरपालिकाले ठूलो लगानी गरिरहेको बताउदै स्थानिय तहबाट पनि खेलकुदको विकासमा लगानी गर्न आवश्यक रहेकोमा जोड दिए ।
साधारणसभामा केन्द्र र २२ जिल्लाका ५७ प्रतिनिधिको उपस्थिति रहेको राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत एवं निर्वाचन अधिकृत चन्द्र राईले जनाएका छन् ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]