default_image

9 years ago

June 14, 2016

राखेपद्वारा सात खेल संघको दर्ता खारेज

509 views

0 Bookmark

काठमाडौं, जेठ ३२ गते ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले परिषद्मा दर्ता रहेका विभन्नि सात राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ । नेपाल फुटबल संघ, नेपाल जेनुइन मार्सल आर्ट संघ, नेपाल फ्युजन मार्सल आर्ट संघ, नेपाल खेलकुद योग संघ, नेपाल आर्म रेस्लिङ संघ, नेपाल लागु पदार्थ तथा एड्स संघ तथा नेपाल कर्पोरेट खेलकुद संघको दर्ता खारेज गरिएको हो ।

rakhepa

दर्ता भएएता साधारणसभा नगराएको र निस्कृय रहेको राष्ट्रिय संघ छानविन समितिको प्रतिवेदनका आधारमा हाल पहिलो चरणमा सात संघको दर्ता खारेज गरिएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् । २०७२ साल पुस २ गते राखेप सदस्य शान्ति सिंहको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरिएको थियो । राखेपद्वारा गठित उक्त समितिमा खेलकुद विकास विभागका अधिकृत ज्ञानेन्द्र श्रेष्ठ सदस्य तथा खेलकुद प्रतियोगिता तथा योजना विभागका अधिकृत शारङ्गिन निरौला सचिव थिए ।

फुटबल २०६५, जेनुइन २०६६, फ्युजन २०६७, योग २०६८, आर्म रेस्लिङ २०६५, लागु पदार्थ २०५७ तथा कर्पोरेट २०६३ सालमा राखेपमा दर्ता भएका थिए ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.