4 years ago
September 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ तथा क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल प्रबल जनसेवाश्री तथा अन्य खेलकर्मी संविधान दिवसको अवसरमा विभिन्न पदकबाट विभूषित हुने भएका छन् ।

राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा राष्ट्रको हितमा विभिन्न क्षेत्रबाट योगदान दिएका व्यक्तित्वलाई विभूषित गर्ने प्रचलन रहेको छ । यसपटक ९ सय ३ जना विभूषित हुँदा झन्डै डेढ दर्जन खेलकर्मीको नाम पनि सुचिमा समावेश गरिएको छ ।
गृह मन्त्रालयले निकालेको सुची अनुसार कप्तानद्वय मल्ल र चेम्जोङ प्रबल जनसेवाश्रीबाट विभूषित हुने भएका हुन् । यसबाहेक क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँगै तेक्वान्दोका आयशा शाक्य र दक्षिण कोरियाली प्रशिक्षक क्वान योङ दाल जनसेवाश्रीबाट विभूषित हुने भएका छन् । महिला भलिबलको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै शेरबहादुर खड्का स्मृति प्रतिष्ठानसँगै पारा खेलाडीद्वय हिमाल अर्याल र केशव थापा पनि यसै विभूषणबाट सम्मानित हुनेछन् ।
तेक्वान्दोकै लक्ष्मण बहादर ऐर नेपाल प्रताप आभूषणबाट तथा १० अन्य खेलकर्मी सुकीर्ति पदकबाट विभूषित हुनेछन् । विभूषण भने वैशाखमा प्रदान गरिने बुझिएको छ ।
जनसेवाश्री
चतुरबहादुर चन्द – अध्यक्ष – नेपाल क्रिकेट संघ

आयशा शाक्य – तेक्वान्दो खेलाडी

क्वन योङ दाल – तेक्वान्दो प्रशिक्षक

हिमाल अर्याल – पारा क्रिकेट र बास्केटबल खेलाडी

केशव थापा – पारा टेबल टेनिस खेलाडी

शेरवहादुर खड्का स्मृति प्रतिष्ठान – राष्ट्रिय खेल महिला भलिबलको विकास र विस्तारमा पुर्याएको योगदान
नेपाल प्रताप आभूषण
लक्ष्मण बहादुर ऐर – तेक्वान्दो खेलाडी तथा प्रशिक्षक

सुकीर्ति पदक :
अनु अधिकारी – कराते खेलाडी

दीपक थापा – ब्याडमिन्टन पुर्व खेलाडी तथा अम्पायर

नर्वु लामा – तेक्वान्दो प्रशिक्षक

उत्तम न्यौपाने – खेल सामग्री केल्मीका प्रबन्ध निर्देशक

जुनि राई – उसु खेलाडी

संगीता बस्याल – तेक्वान्दो खेलाडी

लक्ष्मण तामाङ – कराते

सोनी गुरुङ – ट्रायथलन खेलाडी

विमला चौधरी – फुटबल खेलाडी

प्रकाश केसी – पावर लिफ्टिङ खेलाडी
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]