default_image

3 years ago

February 2, 2021

जब प्रधानमन्त्रीले सोधे- ‘ मुलपानी अझै बनिसकेको छैन?’

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषदको आयोजनामा मंगलबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा ‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रम भयो । १३ औं दक्षिण एसियाली खेलकुद सुरु हुनुअघि तय गरिएको कार्यक्रम प्रधानमन्त्री अस्वस्थ भएपछि रद्द हुन पुग्दा राखेपले एक वर्षपछि उक्त कार्यक्रम अन्तरक्रियाको रुपमा आयोजना गर्यो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुदको अवस्था र लक्ष्यबारे चर्चा गरेका […]

51 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषदको आयोजनामा मंगलबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा ‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रम भयो । १३ औं दक्षिण एसियाली खेलकुद सुरु हुनुअघि तय गरिएको कार्यक्रम प्रधानमन्त्री अस्वस्थ भएपछि रद्द हुन पुग्दा राखेपले एक वर्षपछि उक्त कार्यक्रम अन्तरक्रियाको रुपमा आयोजना गर्यो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुदको अवस्था र लक्ष्यबारे चर्चा गरेका थिए । आफ्नो भनाइ राखेपछि प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले एक प्रश्न पढ्दै उल्टै प्रतिप्रश्न गरे । प्रश्न थियो,’मुलपानी स्थित क्रिकेट रंगशाला…?’ आफैं प्रश्न पढ्ने बितिकै उनले प्रतिप्रश्न गरे, ‘ यो मुलपानी अझै बनिसकेको छैन?’ सभा हल भर हाँसो छायो ।

सँगै रहेका राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले पछाडी गएर, ‘अब दुई वर्षभित्र बन्छ’ भन्दै साउती गरे । प्रधानमन्त्रीले त्यसपछि हाँस्दै अब चाडैं रंगशाला तयार हुने आश्वासन दिए । ‘धेरै वर्ष भैसक्यो अझै बनिसकेको छैन भन्दा मलाई छक्क लाग्यो, अब छिट्टै बन्छ ।’

आफ्नो भनाइ राख्ने क्रममा प्रधानमन्त्री ओलीले राखेपलाई अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्दा पक्षधरता बिना छनौट गर्न सुझाव दिए । उनले पक्षधरता विना नै प्रशिक्षक छनौट गर्ने काम परिषद्को भएको र प्रशिक्षक एवं खेलका लागि खेलाडी चयन गर्दा स्वर्ण पदकलाई मात्रै प्राथमिकतामा राख्नुपर्ने बताए ।

विगतमा जित्न सक्ने खेलाडी छनौटमा नपरेका गुनासो आएको दृष्टान्त दिदै उहाँले पदाधिकारी र छनौटकर्ताहरुलाई तालिम देखि खेलप्रतियोगिता सम्मका खेलाडी छनौटमा भेदभाव नगर्न सुझाव दिए । उनले गतवर्ष नेपालले सागमा प्राप्त गरेको सफलता निकै ठूलो उपलब्धि भएको भन्दै जुनसुकै खेल पनि पदक पाउने गरि खेल्नुपर्ने बताए ।

सरकारले खेलकुद क्षेत्रको लगानीलाई बहुउत्पादनमुखी उपलब्धीको रुपमा लिएको स्पष्ट पार्दै अभ्यासलाई जित्ने तहमा उठाउनु जरुरी रहेको औंल्याए । खेलकुद क्षेत्र उत्पादक कि अनुत्पादक भनी चर्चा हुने गरेको प्रसंग उल्लेख गर्दै विजयी भएर पदक ल्याउँदा देशको गौरव बढाउने भएकाले खेल क्षेत्रको लगानी बेकार र अनुत्पादक नभएको उनको बुझाइ थियो ।

ओलीले जितका लागि अतिआवश्यक,अपरिहार्य र न्युनतम आवश्यकता परिपुर्ति गर्ने गरि सरकारले खेल क्षेत्रलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । पछिल्लो समय आवश्यक सामान किन्नका लागि नभई राम्रो देखिएको सामान किन्नका लागि ‘सपिङ’मा निस्कने चलन देखिएको भन्दै ओलीले भने,’चाहिएको कपडा-सामान किन्नका लागि होइन, राम्रो देख्यो उठायो । सरकारले सपिङका लागि होइन, चाहिएको सामान किन्नका लागि सहयोग गर्न सक्छ । गच्छेअनुसारको सहयोग गर्छ । अगामी बर्ष पहिलेको बजेट भन्दा बढेर आउँछ ।’

कार्यक्रममा परिषद्का सदस्य सचिव रमेश सिलवालले सरकारले खेलकुदमा लगानी बढाउनुपर्ने र त्यसले परिणाम पनि राम्रो निस्कने बताए । हरेक जनताको बीचमा खेलकुद पुर्याउनु आवश्यक रहेको भन्दै उनले सरकारले भौतिक पुर्वाधार, तालिम लगायतमा लगानी गर्नु आवश्यक रहेको बताए । उनले उत्पादक क्षेत्रको रुपमा खेलमा राज्यले लगानी गरेमा आफुहरुले त्यसको सही परिणाम दिन तयार रहेको बताए ।

प्रत्येक प्रदेशमा एउटा रंगशाला बनाउने विषयका सम्बन्धमा गरिएको प्रश्नमा प्रधानमन्त्री ओलीले सातै प्रदेशमा एक -एक वटा रंगशाला बनाउने काममा केही मान्छेहरुले अवरोध श्रृजना गरेको बताए । रंगशाला बन्यो भने त्यसको जस आफुमा जाने डरले विकास विरोध केही मान्छेहरुले लगातार विरोध गरेकाले केही अवरोध देखिएपनि चुनाव पछिको बजेटमा रंगशाला निर्माणको कुरालाई ध्यान दिने स्पष्ट पारे ।

कर्मचारी बढुवा तथा नयाँ भर्नाका सम्बन्धमा भने ओलीले आवश्यकता अनुसार नया दरबन्दी श्रृजना गरी नियुक्ति दिने बताए । अस्थायी कर्मचारीको सम्बन्धमा यथार्थ रिपोर्ट उपलब्ध गराउन खेलकुद मन्त्रीलाई निर्देशन दिँदै ओलीले त्यसबारे रिपोर्ट आएपछि आफुले निर्णय गर्ने स्पष्ट पारे ।

Success

Thank you for your time.