default_image

3 years ago

June 25, 2021

ओलम्पिकका लागि एनओसी र केल्मीबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिकमा भाग लिने नेपाली टोलीलाई केल्मीले प्रायोजन गरेको छ । अन्तर्राष्ट्रिय खेल पोशाक निर्माण कम्पनी केल्मीको नेपालको आधिकारिक विक्रेता कामारु ट्रेडिङ र नेपाल ओलम्पिक कमिटीबीच शुक्रबार प्रायोजन सम्झौता भएको हो । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र कामारुका निर्देशक प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । ओलम्पिकमा भाग लिने खेलाडी […]

51 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिकमा भाग लिने नेपाली टोलीलाई केल्मीले प्रायोजन गरेको छ । अन्तर्राष्ट्रिय खेल पोशाक निर्माण कम्पनी केल्मीको नेपालको आधिकारिक विक्रेता कामारु ट्रेडिङ र नेपाल ओलम्पिक कमिटीबीच शुक्रबार प्रायोजन सम्झौता भएको हो ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र कामारुका निर्देशक प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । ओलम्पिकमा भाग लिने खेलाडी र प्रशिक्षकलाई केल्मीले आफ्ना ब्रान्डका सामान उपलब्ध गराउने छ ।

खेलाडी र प्रशिक्षक गरेर झन्डै १७ जनालाई सामाग्री प्रदान गरिनेछ । अफिसियल १९ जनाले पनि केहि सामग्री पाउनेछन् । केल्मीले ओलम्पिकमा सहभागि हुँदा प्रयोग गरिने खेल पोशाक लगाएतको सामाग्री उपलब्ध गराउनेछ । सामाग्रीको कुल मूल्य झन्डै २० लाख रुपैयाँ रहेको छ ।

ओलम्पिकमा नेपालका ५ खेलाडीले खेल्ने तय भइसकेको छ । शुक्रबार मात्रै जुडोकी सोनिया भट्टले वाइल्ड कार्ड प्राप्त गरेकी थिइन् । जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ टोकियो ओलम्पिक अब नेपाली खेलाडीले भाग लिने सँख्या ५ पुगेको छ । यसअघि सुटिङकी कल्पना परियारले वाइल्ड कार्ड पाएकी थिइन् ।

पौडीकी गौरिका सिंह र एलेक्स शाह तथा म्याराथन गोपीचन्द्र पार्कीले ओलम्पिक खेल्ने यसअघि नै पक्का भइसकेको छ । ओलम्पिक पछि जापानमै हुने पारालिम्पिक्सका लागि नेपाली तेक्वान्दो खेलाडी पेलेशा गोबद्र्धनले वाइल्ड कार्ड प्राप्त गरेकी थिइन् ।

अध्यक्ष श्रेष्ठले खेलकुदमा निजी संस्थाहरुसँग सहकार्य अपरिहार्य रहेको बताउँदै आउने दिनमा यस किसिमको गतिविधिका जोड दिने बताए । उनले केल्मीले नेपाली खेलकुद विकासमा सहयोग पुर्याएकोमा धन्यवाद व्यक्त गरे ।

केल्मीका निर्देशक न्यौपानेेेले केल्मी लामो समयदेखि नेपाली खेलकुदमा रहँदै आएकोमा ओलम्पिकमा आवद्ध हुन पाउँदा खुसी व्यक्त गरे । राष्ट्रिय फुटबल टिमबाट प्रायोजनमा प्रवेश गरेको केल्मीले क्लब फुटबल, कराते, भलिबल लगायत खेलमा प्रायोजन गरिसकेको छ ।

Success

Thank you for your time.