default_image

3 years ago

June 30, 2021

टोकियो ओलम्पिकका लागि सिलवाल सेफ द मिसन

प्रकाश तिमल्सिना,काठमाडौं अर्को महिना जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल नेपाली टोलीको सेफ द मिसन चयन भएका छन् । केहि दिन अघि नेपाल ओलम्पिक कमिटी (एनओसी) पदाधिकारी र सिलवालबीचको छलफलपछि सेफ द मिसनको टुंगो एनओसी श्रोतले जनायो । यद्दपी सदस्य सचिव सिलवालले भने गत वर्षका लागि […]

61 views

0 Bookmark

प्रकाश तिमल्सिना,काठमाडौं

अर्को महिना जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल नेपाली टोलीको सेफ द मिसन चयन भएका छन् ।

केहि दिन अघि नेपाल ओलम्पिक कमिटी (एनओसी) पदाधिकारी र सिलवालबीचको छलफलपछि सेफ द मिसनको टुंगो एनओसी श्रोतले जनायो । यद्दपी सदस्य सचिव सिलवालले भने गत वर्षका लागि नै तय भएको ओलम्पिकका लागि तत्कालिन युवा तथा खेलकुद मन्त्री, एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ र आफू बसेर सेफ दि मिसनको नाम त्यति बेलानै तय गरिएको बताए ।

कोभिडका कारण ओलम्पिक एक वर्षपछि सरेको थियो । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि हरेक राष्ट्रिय टोलीको नेतृत्व सेफ द मिसनले गर्ने परम्परा छ । टोकियो ओलम्पिक साउन ८ देखि २४ गते सम्म हुनेछ । एनओसी र राखेपबीच विगतमा विवादको एउटा मुख्य विषय सेफ द मिसनको चयन पनि हुने गरेको थियो । पछिल्लो केहि वर्षयता भने राखेपका जिम्मेवारलाई नै एनओसीले सेफ द मिसन बनाउन थालेपछि त्यसमा विवाद देखिएको छैन ।

सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा एनओसीले राखेपका पूर्व सदस्य सचिव केशवकुमार विष्टलाई सेफ द मिसनको जिम्मेवारी दिएको थियो । त्यस्तै डेढ वर्षअघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एनओसीले आफ्ना उप महासचिव समेत रहेका राखेपका तत्कालिन उपाध्यक्ष पिताम्बर तिम्सिनालाई सेफ द मिसन तोकेको थियो ।

यसपटकको टोकियो ओलम्पिकका लागि नेपालका ५ खेलाडीले खेल्ने तय भइसकेको छ । युनिभर्सिल प्लेसेसबाट १३ औं सागकी ४ स्वर्ण पदक विजेता गौरिका सिंह र एक्सेस शाह तथा एथलेटिक्सबाट गोपीचन्द्र पार्कीको सहभागिता धेरै अघि निश्चित भइसकेको थियो । सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट वाइल्ड कार्ड प्राप्त गरेर ओलम्पिकमा सहभागी हुँदैछन् । एनओसीले विभिन्न खेलका १२ खेलाडीलाई वाइल्ड कार्डका लागि प्रयास गरेपनि २ खेलाडीले मात्र प्राप्त गरेका थिए ।

४ खेलका ५ खेलाडीका लागि ४ प्रशिक्षक ओलम्पिकमा सहभागी हुनेछन् । त्यस्तै एनओसीका श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, उपाध्यक्ष एवंम प्रमुख कार्यकारी अधिकृत चतुरानन्द राजवैद्य ओलम्पिक जानेछन् । ओलम्पिक जाने अन्य टोलीका बारेमा भने एनओसीले केहि दिनमा पत्रकार सम्मेलनमार्फत जानकारी दिने बुझिएको छ । सदस्य सचिव सिलवालले पनि केहि दिनमा पत्रकार सम्मेलनमार्फत सबै जानकारी दिइने बताए । टोकियो ओलम्पिकपछि जापानमै हुने पाराल्याम्पिक्समा तेक्वान्दोकी पलेशा गोबद्र्धनले पनि वाल्डड कार्ड पाइसकेकी छिन् ।

सिलवालका अनुसार खेलाडी र प्रशिक्षकको व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी राखेपले लिनेछ । कोभिडका कारण स्वास्थ्य मादपण्डलाई ख्यालमा राख्दै ओलम्पिकमा भाग लिने ५ मध्ये ४ खेलाडी र प्रशिक्षकलाई बुधबारबाट सोल्टी होटलमा राखिएको सिलवालले बताए । गौरिका भने बेलायतबाटै जापान जानेछिन् ।

राखेपबाट ओलम्पिकमा भाग लिने अन्य पदाधिकारी वा सदस्यको बारेमा सबै जानकारी आफूलाई नभएको पनि सिलवालले प्रष्ट पारेका छन् । ‘राखेप पदाधिकारी वा सदस्यको नाम कसको कसरी सिफारिस भएको मेरो जानकारीमा छैन’, उनले भने, ‘एनओसीले यो विषयमा मसँग परामर्श गरेको थिएन । त्यसैले अहिले मैले भन्न सक्ने अवस्था भएन । सायद भोली सम्म जानेहरुको सुची आइपुग्छ होला ।’

राखेप उपाध्यक्ष शिव कोइराला, सदस्यद्वय सुबास श्रेष्ठ र सम्पन्न श्रेष्ठ पनि ओलम्पिक जानेको सुचीमा रहेको बुझिएको छ । केहि दिन अघि एनओसीले आयोजना गरेको प्रशिक्षणमा उपाध्यक्ष कोइराला, सम्पन्न श्रेष्ठ र आफू सहभागि रहेको सुबास श्रेष्ठले जानकारी दिए । श्रेष्ठले आफूहरु जाने नजाने अझै जानकारी आइनसकेको बताए ।

उनले भने, ‘अरुले कसरीले प्रयास गर्नुभयो मलाई जानकारी छैन । मैले ६ महिना अगाडि नै एनओसी अध्यक्ष श्रेष्ठलाई ओलम्पिक सहभागिताका लागि मिलाइदिन आग्रह गरेको थिए । उहाँले हेरौं के गर्न सकिन्छ भन्ने जवाफ दिनुभएको थियो । अहिले सम्म जाने नजाने विषयमा केहि खबर आएको छैन ।’

सुबास श्रेष्ठ र सम्पन्न श्रेष्ठ दुवै ती राखेपका सदस्य हुन् जसको गत साता सदस्य सचिव सिलावलसँग राखेपमा चर्काचर्की परेको थियो । सदस्य सचिवले विना छलफल एकलौटी रुपमा राखेपमा काम गर्दै आएको भन्दै सदस्यद्वयले सार्वजनिक रुपमै चर्को आलोचना गरेका थिए ।

Success

Thank you for your time.