default_image

3 years ago

July 1, 2021

गोपीको ओलम्पिक सहभागिता अनिश्चित !

काठमाडौं (हाम्रो खेलकुद)– टोकियो ओलम्पिक सुरु हुन ३ साता बाँकी रहँदा त्यसको तयारीमा रहेका गोपीचन्द्र पार्कीको सहभागिता अनिश्चित बनेको छ । अन्तिम समयमा उनको सहभागिता किन अनिश्चत भएको भन्ने विषयमा नेपाल ओलम्पिक कमिटी (एनओसी) वा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन । गोपीको विषयमा छलफल गर्न एनओसीमा बिहीबार दिउँसो छलफल हुन […]

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– टोकियो ओलम्पिक सुरु हुन ३ साता बाँकी रहँदा त्यसको तयारीमा रहेका गोपीचन्द्र पार्कीको सहभागिता अनिश्चित बनेको छ । अन्तिम समयमा उनको सहभागिता किन अनिश्चत भएको भन्ने विषयमा नेपाल ओलम्पिक कमिटी (एनओसी) वा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन ।

गोपीको विषयमा छलफल गर्न एनओसीमा बिहीबार दिउँसो छलफल हुन लागेको बुझिएको छ । नेपालबाट ओलम्पिकमा भाग लिने खेलाडीका लागि राखेपले बुधबारबाट सोल्टी होटलमा राख्ने व्यवस्था गरेको थियो । राखेपतर्फबाट राष्ट्रिय टोली तयारी समितिका प्रमुख महेन्द्र राईलाई खेलाडीको व्यवस्थापनको जिम्मेवारी दिएको थियो । उनले गोपीलाई बुधबार होटल आउन खबर पनि गरेका थिए । तर पछि एनओसीले पठाएको सुचीमा उनको नाम नदेखेपछि राईले गोपीलाई फोन गरेर अहिले नआउन जानकारी गराएका थिए ।

‘गोपी लामो समयदेखि तयारीमा थिए । त्यसैले होटलमा आउन भनेको थिए’, राईले भने, ‘पछि एनओसीले पठाएको सुचीमा उनको नाम नभएपछि अहिले नआउन भने । अरु विषय हामीलाई थाहा छैन ।’ त्यसपछि मात्रै गोपीको सहभागिता नहुने आशंका बढेको हो ।
एनओसीकै स्वृकितीमा गत वर्ष नेपालगन्ज म्याराथनको टोकियो ओलम्पिकका लागि म्याराथनको छनोट भएको थियो । त्यसमा गोपी विजयी भएका थिए ।

त्यसयता उनी नियमित प्रशिक्षणमा छन् । उनलाई एपिएफकै सन्तोष श्रेष्ठले प्रशिक्षण दिदै आएका छन् । श्रेष्ठले आफूहरु पनि अन्यौलमा परेको बताएका छन् । के भएको भन्ने हामीलाई नि जानकारी छैन, श्रेष्ठले भने, आज साँझ सम्ममा टुंगो लाग्छ भन्नुभएको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ५ हजार मिटर दौडका स्वर्ण पदक विजेता समेत रहेका गोपीले २ घन्टा १८ मिनेट ५९ सेकेन्डमा दौड पूरा गर्दै नेपालगन्ज म्याराथन जितेका थिए ।

ओलम्पिक जाने भनिएका ५ मध्ये पौडीकी गौरिका सिंह बेलायतमै छन् भने बाँकी खेलाडी नेपालमा तयारी गरिरहेका छन् । युनिभर्सालिटी कोटामा पौडीकी गौरिका र एलेक्स शाह तथा एथलेटिक्सबाट गोपीको नाम रहेको एनओसीले जानकारी दिदै आएको थियो । सुटिङकी कल्पना परिवार र जुडोकी सोनिया भट्टले वाइल्ड कार्ड पाएका थिए । एलेक्स, कल्पना र सोनिया तथा उनीहरुका प्रशिक्षक भने बुधबारदेखि सोल्टी होटलमा बसेका छन् । ओलम्पिकमा जानुअघि सम्म उनीलाई राखेपले होटलमै राख्ने बताइएको छ ।

यसैबीच, शुक्रबार एनओसीले ओलम्पिक सहभागिताका लागि स्प्रिन्टरको नाम मागेपछि नेपाल एथलेटिक्स संघले सरस्वती चौधरीको नाम पठाएको छ । संघका अध्यक्ष राजीवविक्रम शाहले भने, ‘एनओसीले स्प्रिन्टरको नाम मागेपछि हामीले अहिले हामीसँग भएको उत्कृष्ट मध्ये र वल्र्ड च्याम्पियनसिप पनि खेलेकोले सरस्वतीको नाम पठाएका छौं ।’

शाहले गोपीका विषयमा के भएको भन्ने आफूले पनि अझै प्रष्ट बुझ्न नसकेको बताएका छन् । एनओसीले आज छलफलको लागि बोलाएको छ, उनले भने, ‘गोपी यति लामो समयदेखि तयारीमा छन् । अहिले कसरी सहभागिता नहुने भएको सम्भवत आज एनओसीले यो विषयमा प्रष्ट पार्नेछ ।’

Success

Thank you for your time.