default_image

3 years ago

July 2, 2021

‘गोपीमाथि अन्याय र अपमान भयो’-खेलाडी संघ

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले धावक गोपी चन्द्रपार्कीले टोकियो ओलम्पिक खेल्ने अवसरबाट वञ्चित हुनुलाई उनीमाथिको अन्याय र अपमान भएको बताएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल एथलेटिक्स संघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै गोपीले ओलम्पिकमा भाग लिन नपाउने सार्वजनिक गरेको थियो । सम्बन्धित खेलको महासंघको […]

98 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले धावक गोपी चन्द्रपार्कीले टोकियो ओलम्पिक खेल्ने अवसरबाट वञ्चित हुनुलाई उनीमाथिको अन्याय र अपमान भएको बताएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल एथलेटिक्स संघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै गोपीले ओलम्पिकमा भाग लिन नपाउने सार्वजनिक गरेको थियो । सम्बन्धित खेलको महासंघको प्राविधिक कमिटीले म्याराथनको हकमा कोटा भन्दा बढी आवेदन परेको गोपीलाई सहभागी गराउन नसकेको उल्लेख गरिएको विज्ञप्तीमा उल्लेख गरिएको थियो ।

खेलाडी संघले एनओसीकै मान्यतामा गत वर्ष मंसिरमा आयोजना भएको नेपालगन्ज म्याराथनलाई टोकियो ओलम्पिकको आन्तरिक छनोटको मान्यता दिएको स्मरण गराउँदै शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै भनेको छ, ‘नेपाल १३ औं सागका स्वर्ण पदक विजेता एपिएफका धावक गोपीचन्द्र पार्की त्यो म्याराथनमा विजयी हुँदै टोकियो ओलम्पिकका लागि छनोट भएका थिए । अहिले ओलम्पिक सुरु हुन ३ साता भन्दा कम समय बाँकी रहँदा बिहीबार मात्रै एनओसी, राखेप र नेपाल एथलेटिक्स संघका जिम्मेवार पदाधिकारीले संयुक्त विज्ञप्ती जारी गर्दै गोपीचन्द्र पार्कीले सहभागी हुन नपाउने जानकारी गराउँदा एउटा खेलाडी कस्तो अवस्थाबाट गुज्रिनु भएको होला भन्ने हामी खेलाडीहरुले महसुस गर्न सक्छौं । ८ महिना भन्दा लामो समयदेखि तयारी गर्दा गर्दै अन्त्यमा ओलम्पियन बन्ने सपना चकनाचुर हुँदा गोपीचन्द्र पार्की प्रति भएको अन्याय र अपमानले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ मर्माहित भएको छ ।’

‘खेलाडीले गरेको मेहनत र बगाएको पसिनाको अवमुल्यन भएको महसुस गरेका छौं । यसको खेलाडी संघ भत्र्सना गर्दछ । यो वा त्यो वहानामा अहिले खेलाडीलाई सहभागिताबाट बञ्चित गरिनु यो प्राविधिक कमजोरी थियो वा सम्बन्धित निकायको त्रुटी त्यो विषयमा सत्यतथ्य जान्ने हक सम्बन्धित खेलाडी र सबै नेपालीलाई छ ,’ संघले विज्ञप्तीमा भनेको छ, ‘त्यसमा एनओसी, परिषद् र संघलाई प्रष्ट पार्न संघ माग गर्दछ । कुनै व्यक्ति वा सम्बन्धित निकायको कमजारीका कारण पार्कीको सहभागिता हुन नसकेको हो भने त्यस्तामाथि कारवाही हुन जरुरी छ । यसको सत्यतथ्य छानविन गरि सार्वजनिक गर्न संघ जोडदार माग गर्दछ । ‘

‘अन्तर्राष्ट्रिय प्रतियोगिताका सहभागिताका दौरान पटक पटक खेलाडीमाथि अन्याय भएका दृष्टान्त हाम्रा सामू छन् । यसलाई कुनै पनि अवस्थामा स्वभाविक मान्न सकिन्न । खेलाडीकै हक र अधिकारका लागि लड्न नसक्ने निकायहरुलाई कसरी खेलकुदको अभिभावक संस्थाका रुपमा मान्ने भन्ने गम्भिर प्रश्न फेरि एक पटक खडा भएको छ ,’ खेलाडी संघले भनेको छ ।’

Success

Thank you for your time.