default_image

1 month ago

October 25, 2025

दक्षिण एसियाली एथलेटिक्स च्याम्पियनसिप – नेपाललाई ३ पदक

620 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- भारतको राँचीमा जारी चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपको पहिलो दिनमा नेपालले ३ वटा कास्य पदक पदक जितेको छ।

नेपालले च्याम्पियनसिपमा महिला र पुरुष ५ हजार मिटर दौड र मिक्स रिले ४ गुणा ४ सय रिलेमा कास्य पदक जितेको हो।

सन्तोषी श्रेष्ठले महिला ५ हजार मिटर दौडमा कास्य पदक जितेकी छिन्। सन्तोषी ले १६ मिनेट ३६.६१ सेकेन्ड समयका साथ तेस्रो स्थान प्राप्त गरेकी हुन्। उनले कान्छीमाया कोजुको १६ मिनेट ४९ सेकेन्डको राष्ट्रिय कीर्तिमान तोडेकी छिन्। यो प्रतिस्पर्धामा स्वर्ण र रजत दुबै भारतीय खेलाडीले जितेका थिए।

सन्तोषीले सन् २०१९ मा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन्।

त्यस्तै च्याम्पियनसिपमा मुकेश पालले पुरुष ५ हजार मिटर दौडमा कास्य पदक जितेका छन्। उनले १४ मिनेट २५.५४ सेकेन्डमा दौड पूरा गरेका हुन्। यसमा भारतले स्वर्ण र श्रीलंकाले रजत पदक जितेको थियो।

नेपाली टोलीले मिक्स रिलेमा कास्य पदक जितेको छ। रमिता कुमारी थारु, जयरानी थारु, साेम बहादुर कुमाल, राम प्रसाद थारु सम्मिलित टोलीले ४ गुणा ४ सय रिले दौडमा ३ मिनेट ३७.१६ सेकेन्डमा दौड पूरा गर्दै पदक जितेको हो।

त्यसमा भारतले स्वर्ण र श्रीलंकाले रजत‌ पदक जितेको थियो। भोलिसम्म चल्ने च्याम्पियनसिपमा नेपालका २६ खेलाडी सहभागी छन् ।

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

Success

Thank you for your time.