default_image

2 weeks ago

October 27, 2025

दक्षिण एसियाली एथलेटिक्स च्याम्पियनसिप – नेपाललाई २ रजत र ४ कास्य

243 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतको राँचीमा भएको चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा २ रजत र ४ कास्य पदक जितेको छ

आइतवार सम्पन्न च्याम्पियनसिपमा सन्तोषी श्रेष्ठ र सोमबहादुर कुमालले दोहोरो पदक जितेका छन्।

सोमले ८ सय मिटर दौडमा रजत र ४ गुणा ४ सय मिक्स रिले दौडमा कास्य पदक जितेका छन् । सोमले पुरुष ८ सय मिटर दौड १ मिनेट ५२.०३ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो स्थान पक्का गरेका हुन्।

सन्तोषीले महिला १० हजार र ५ हजार मिटर दौड दुबैमा राष्ट्रिय कीर्तिमानसहित कास्य पदक जितेकी हुन् ।
आइतवार १० हजार मिटर दौडमा सन्तोषीले ३४ मिनेट ४७.७७ सेकेन्डको राष्ट्रिय कीर्तिमान सहित तेस्रो स्थान प्राप्त गरेकी हुन्। सन्तोषीले कान्छीमाया कोजुको ३५.०३ मिनेटको कीर्तिमान तोडेकी हुन् ।

पहिलो दिन शुक्रवार सन्तोषीले  ५ हजार मिटर दौडमा कास्य पदक जितेकी थिइन् । उनले १६ मिनेट ३६.६१ सेकेन्ड समयका साथ तेस्रो स्थान प्राप्त गरेकी हुन्। उनले कान्छीमाया कोजुको  १६ मिनेट ४९ सेकेन्डको राष्ट्रिय कीर्तिमान तोडेकी छिन्।

सन्तोषीले सन् २०१९ मा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन्।

राजन रोकायाले च्याम्पियनसिपको अन्तिम दिन पुरुष १० हजार मिटर दौडमा रजत पदक जितेका छन्। राजनले ३० मिनेट ३९.१५ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भएका हुन् ।

त्यस्तै च्याम्पियनसिपको पहिलो दिन मुकेश पालले पुरुष ५ हजार मिटर दौडमा कास्य पदक जितेका थिए। उनले १४ मिनेट २५.५४ सेकेन्डमा दौड पूरा गरेका हुन्।

मिक्स रिलेमा कास्य पदक जित्ने टोलीमा सोमसहित रमिता कुमारी थारु, जयरानी थारु, राम प्रसाद थारु थिए। टोलीले ४ गुणा ४ सय रिले दौडमा ३ मिनेट ३७.१६ सेकेन्डमा दौड पूरा गर्दै पदक जितेको थियो।

३ दिन सम्म चलेको च्याम्पियनसिपमा नेपालका २६ खेलाडी सहभागी थिए ।

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

November 9, 2025

धारा नेपालगन्ज र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य

नेपालगन्ज (हाम्रो खेलकुद)- धारा नेपालगन्ज म्याराथनले मलेसियामा दशक यात्रा पूरा गर्न सफल शीर्ष म्याराथनमध्येको स्कोर म्याराथनसँग सहकार्य गर्ने भएको छ । मलेसिया र सिंगालपुरमा रनिङ इभेन्ट सन्चालन गर्दै आएको स्कोर स्पोर्ट्स म्यानेजमेन्ट र धारा नेपालगन्ज म्याराथनबीच आपसी भाइचारा स्थापित गर्न संस्कृति विज्ञता सहितको सहयोग आदानप्रदान गर्ने सम्झौता भएको धारा नेपालन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले […]

November 8, 2025

करण र आयुषालाई राप्ती सोनारी नेचर रनको उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- करण नेपाली र आयुषासिंह ठकुरीले दोस्रो राप्ती सोनारी नेचर रनको उपाधि जितेका छन् । करण छात्र र आयुषा छात्रातर्फ विजयी भएका हुन्। एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बार्षिक कार्यक्रम धारा नेपालगन्ज म्याराथनको भगिनी रनिङ इभेन्ट राप्ती सोनारी नेचर रन स्थानीय स्कुले बालबालिकालाई प्रकृतिको महत्व दर्शाउँदै दौडमा आकर्षिक गर्ने उद्देश्यले गत […]

Success

Thank you for your time.