default_image

1 week ago

November 1, 2025

आर्मीका सुनील काठमाडौं म्याराथनको विजेता

641 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सुनीलकुमार शाहीले काठमाडौं म्याराथनको १७ औं संस्करणको उपाधि जितेका छन्।

दशरथ रंगशालाबाट सुरु भएको म्याराथन २ घन्टा २४ मिनेट ५४ सकेन्ड समयका साथ पहिलो स्थान हासिल गरेका छन्। विजेता सुनीलले १ लाख रुपैयाँ प्राप्त गरे।

विनोद रोक्काले २ घन्टा २५ मिनेट २६ सकेन्ड समयसहित दोस्रो भए । २ घन्टा २६ मिनेट ४२ सकेन्ड समयका साथ करण रावल तेस्रो भए । विनादले ५० र करणले २५ हजार रुपैयाँ प्राप्त गरे।

पुरुष हाफ म्याराथनमा सञ्जय श्रेष्ठ विजयी भए । सञ्जयले १ घन्टा १० मिनेट १९ सेकेन्डसहिर पहिलो भए। नरेन्द्र सिंह (१ घन्टा १० मिनेट ५९ सेकेन्ड) दोस्रो र राजन मियोङबा (१ घन्टा ११ मिनेट २२ सेकेन्ड ) तेस्रो भए ।

महिला हाफ म्याराथनमा सुनसरी रोकाया १ घन्टा ३३ मिनेट २० सकेन्ड समयका साथ च्याम्पियन बनिन् । फुलमती राना (१ घन्टा ३३ मिनेट २२ सकेन्ड) दोस्रो र गीता महर्जन (१ घन्टा ५४ मिनेट ३४ सकेन्ड) तेस्रो भए ।

त्यसैगरी, मास्टर्स म्याराथन विधाअन्तर्गत ४० वर्ष मास्टर्समा केश जंग आले, ५० माथि धर्म महर्जन, ६० वर्ष माथि अभी नारायण अधिकारी विजयी भए।

हाफ म्याराथनतर्फ ४० वर्ष माथी नादी शेर्पा, ५० वर्ष माथि धवेन्द्र ताम्राकार विजेता बने । १० किलोमिटर पुरुषमा विवेक सुनुवार, महिला पूर्णलक्ष्मी न्यौपाने, पुरुष मास्टर्समा सुनील महर्जन र महिला मास्टर्समा कल्पना महर्जन विजयी भए ।

५ किलोमिटर पुरुषतर्फ नागेश्वर अहिर र महिलातर्फ प्रतिष्ठा थापा विजयी‌ भए । काठमाडौं म्याराथन एनआरएस स्पोर्टस फाउन्डेसनले आयोजना गरेको हो।

November 9, 2025

धारा नेपालगन्ज र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य

नेपालगन्ज (हाम्रो खेलकुद)- धारा नेपालगन्ज म्याराथनले मलेसियामा दशक यात्रा पूरा गर्न सफल शीर्ष म्याराथनमध्येको स्कोर म्याराथनसँग सहकार्य गर्ने भएको छ । मलेसिया र सिंगालपुरमा रनिङ इभेन्ट सन्चालन गर्दै आएको स्कोर स्पोर्ट्स म्यानेजमेन्ट र धारा नेपालगन्ज म्याराथनबीच आपसी भाइचारा स्थापित गर्न संस्कृति विज्ञता सहितको सहयोग आदानप्रदान गर्ने सम्झौता भएको धारा नेपालन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले […]

November 8, 2025

करण र आयुषालाई राप्ती सोनारी नेचर रनको उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- करण नेपाली र आयुषासिंह ठकुरीले दोस्रो राप्ती सोनारी नेचर रनको उपाधि जितेका छन् । करण छात्र र आयुषा छात्रातर्फ विजयी भएका हुन्। एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बार्षिक कार्यक्रम धारा नेपालगन्ज म्याराथनको भगिनी रनिङ इभेन्ट राप्ती सोनारी नेचर रन स्थानीय स्कुले बालबालिकालाई प्रकृतिको महत्व दर्शाउँदै दौडमा आकर्षिक गर्ने उद्देश्यले गत […]

November 2, 2025

भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २३ औं संस्करणमा सहभागी हुन नेपाली भेट्रान टोली आइतवार भारतको चेन्नइ प्रस्थान गरेको छ । कात्तिक १९ देखि २३ गते (नोभेम्बर ५ देखि ९ ) सम्म हुने प्रतियोगितामा २२ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । खेलाडीसहित नेपाली टोली ३६ सदस्यीय रहेको छ । खेलाडीमा ग्रिवानविक्रम शाह, शिवहरि […]

Success

Thank you for your time.