default_image

1 week ago

November 2, 2025

राप्तीसोनारी नेचर रन यसै साता

285 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)- राप्तीसोनारी नेचर रन यस बर्ष यही कात्तिक २२ गते शनिवार बाँकेको राप्तीसोनारीमा हुने भएको छ ।

११ बर्षदेखि निरन्तर आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा गतबर्षदेखि राप्तीसोनारी नेचर रन सुरु गरिएको हो ।

यसमा राप्तीसोनारी पालिका अन्तर्गत विद्यालयका छात्रछात्राहरुले भाग लिन पाउने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए । विजेता खेलाडीलाई नगद र पदकले पुरस्कृत गरिने पनि उनले बताए ।

स्कुले बालबालिकालाई सानैदेखि प्रकृतिको महत्व दर्शाउन र प्राकृतिक स्रोत साधनको जगेर्ना र सदुपयोग सम्बन्धी जागरण फैलाउने उद्देश्यले राप्तीसोनारी नेचर रन हरेक बर्ष निरन्तरता दिइने धारा नेपालगन्ज म्याराथनका रणनीतिक एवं अन्तर्राष्ट्रिय समन्वय प्रमुख तीर्थ ओलीले बताए । राप्तीसोनारीमा जन्मिएका ओली हाल जर्मनीमा एथ्लेटिक्स प्रशिक्षकका रुपमा कार्यरत छन् ।

विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को पुर्णकालीन सदस्य नेपालगन्ज म्याराथनको भगिनी रेस इभेन्टका रुपमा नेपालगन्ज १० नाइट रन, गौघाट ग्रीन रन, काठमाडौं२५के हेरिटेज रेस, कर्णाली हाफ म्याारथन लगायत रहेका छन् ।

देशको बिषम परिस्थितिका कारण नाइट रन स्थगन गरियो भने गौघाट ग्रीन र असोज २८ गते दोस्रो संस्करण सम्पन्न गरियो । वातावरण संरक्षणमा अभियान चलाइरहेकी मिस नेपाल २०२३ श्रृच्छा प्रधान र कमनवेल्थ गेम्स २०१०का स्वर्णधारी केन्यानिवासी जोन केलाई समेतको उपस्थितिमा गौघाट ग्रीन रन निरन्तरता दिन सफल भएको थियो ।

राप्तीसोनारी नेचर रनमा समेत यस्ता सेलिब्रिटीलाई जोड्दै लैजाने तयारी रहेको धारा नेपालगन्ज म्याराथनका कार्यक्रम संयोजक कपिल थापाले बताएका छन् । नेपालगन्ज म्याराथन भने मंसिर ६ गते शनिवार हुनेछ ।

November 9, 2025

धारा नेपालगन्ज र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य

नेपालगन्ज (हाम्रो खेलकुद)- धारा नेपालगन्ज म्याराथनले मलेसियामा दशक यात्रा पूरा गर्न सफल शीर्ष म्याराथनमध्येको स्कोर म्याराथनसँग सहकार्य गर्ने भएको छ । मलेसिया र सिंगालपुरमा रनिङ इभेन्ट सन्चालन गर्दै आएको स्कोर स्पोर्ट्स म्यानेजमेन्ट र धारा नेपालगन्ज म्याराथनबीच आपसी भाइचारा स्थापित गर्न संस्कृति विज्ञता सहितको सहयोग आदानप्रदान गर्ने सम्झौता भएको धारा नेपालन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले […]

November 8, 2025

करण र आयुषालाई राप्ती सोनारी नेचर रनको उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- करण नेपाली र आयुषासिंह ठकुरीले दोस्रो राप्ती सोनारी नेचर रनको उपाधि जितेका छन् । करण छात्र र आयुषा छात्रातर्फ विजयी भएका हुन्। एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बार्षिक कार्यक्रम धारा नेपालगन्ज म्याराथनको भगिनी रनिङ इभेन्ट राप्ती सोनारी नेचर रन स्थानीय स्कुले बालबालिकालाई प्रकृतिको महत्व दर्शाउँदै दौडमा आकर्षिक गर्ने उद्देश्यले गत […]

November 2, 2025

भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २३ औं संस्करणमा सहभागी हुन नेपाली भेट्रान टोली आइतवार भारतको चेन्नइ प्रस्थान गरेको छ । कात्तिक १९ देखि २३ गते (नोभेम्बर ५ देखि ९ ) सम्म हुने प्रतियोगितामा २२ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । खेलाडीसहित नेपाली टोली ३६ सदस्यीय रहेको छ । खेलाडीमा ग्रिवानविक्रम शाह, शिवहरि […]

Success

Thank you for your time.